काठमाडौँको धर्मस्थलीबाट चोरीका ५ वटा मोटरसाइकलसहित ३ जना पक्राउ
सारांश
- जिल्ला प्रहरी परिसर काठमाडौँले धर्मस्थलीबाट चोरीका ५ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरूमा रौतहट, मकवानपुर र गोरखा घर भई काठमाडौँका विभिन्न स्थानमा बस्ने युवाहरू रहेका छन्।
- प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ वटा मोटरसाइकल बरामद गरी थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीका ५ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ।
तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीबाट उनीहरूलाई विभिन्न कम्पनीका चोरीका सवारी साधनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।
पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका घर भई हाल काठमाडौँको मैतीदेवी बस्ने २६ वर्षका दिनेश कुसुहवा, मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ३ घर भई हाल सिफल बस्ने २० वर्षका नवराज माझी र गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ घर भई हाल तारकेश्वर नगरपालिका वडा नम्बर ५ लोलाङ्ग बस्ने २२ वर्षका अमृत पुर्जा रहेका छन्। उनीहरूलाई सोमबार राति साढे ९ बजेको समयमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
प्रहरीले उनीहरूको साथबाट बा ७५ प ६८२४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, बा ७६ प १५०२ नम्बरको स्कुटर, बाग्मती प्रदेश ०२–०६३ प १६४१ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, लु ४६ प ५०५२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र बाग्मती प्रदेश ०२–०६२ प ३३८४ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण