आगामी वर्षदेखि गण्डकीमा गाँजा खेती वैध, घरेलु मदिरा ब्राण्डिङ हुने
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेशभित्र गाँजा खेतीलाई वैधानिकता दिने भएको छ। मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत गाँजा खेती र घरेलु मदिरा ब्राण्डिङलाई कानुनी दायरामा ल्याउँदै आर्थिक उपार्जनको स्रोत बनाउने घोषणा गरेको हो।
प्रदेश सरकारले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, वितरण र नियमनलाई व्यवस्थित गर्न यसअघि नै ऐन जारी गरिसकेको छ । उक्त ऐनको प्रभावकारी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, गाँजा खेती नियमन सम्बन्धी विधेयक पनि आगामी वर्ष कार्यान्वयनमा ल्याइने सरकारले जनाएको छ।
गण्डकीले औषधीय र औद्योगिक प्रयोजनका लागि मात्र गाँजा खेतीलाई खुला गर्न लागेको हो । मेरो प्रदेश: मेरो दायित्व अभियान अन्तर्गत नागरिकमा प्रदेशप्रतिको अपनत्व र उत्तरदायित्व बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख डिल्लीराज भट्टले जानकारी दिए । यसअन्तर्गत निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न इनभेस्ट गण्डकी कार्यक्रम अघि बढाइने उनले सुनाए।
गण्डकीलाई सडकमा आश्रित मानवमुक्त प्रदेश बनाउने अभियानलाई मानव सेवा आश्रमसँगको सहकार्यमा निरन्तरता दिने कार्यक्रम पनि उल्लेख छ । केही वर्षदेखि यो कार्यक्रममा प्रदेशले ठुलो लगानी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण