बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
राप्रपा

धवल शमशेरलाई पार्टी छोड्ने निर्णय फिर्ता लिन राजेन्द्र लिङ्देनको आग्रह

मङ्गलबार, १९ जेठ २०८३, २२ : ३०
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री डा. धवल शमशेर राणालाई पार्टीबाट बाहिरिने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
  • अध्यक्ष लिङ्देनले पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ केन्द्रित भइरहेको संवेदनशील समयमा महामन्त्री राणाको बहिर्गमनको समाचारले आफूलाई आश्चर्यचकित बनाएको बताएका हुन् ।
  • लिङ्देनले देश तथा विदेशमा रहेका पार्टीका विभिन्न तहका नेता र कार्यकर्ताहरूलाई पार्टी एकताको पक्षमा दृढ रहन अपिल गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री डा. धवल शमशेर राणालाई पार्टीबाट बाहिरिने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

मंगलबार प्रेस विज्ञप्ति  जारी गर्दै अध्यक्ष लिङ्देनले पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ केन्द्रित भइरहेको संवेदनशील समयमा महामन्त्री राणाको बहिर्गमनको समाचारले आफूलाई आश्चर्यचकित बनाएको बताएका हुन् ।

विज्ञप्तिमा अध्यक्ष लिङ्देनले भने, ‘म महामन्त्री धवल शमशेर राणालाई पार्टीका पूर्वअध्यक्षहरूको आह्वान, नेता, कार्यकर्ता र आम शुभेच्छुकहरूको भावनाको सम्मान गर्दै आफ्नो निर्णय फिर्ता लिन र महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछु ।’

राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी जेठ २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरिसकेको छ । सोही बैठकले महाधिवेशनको कार्यतालिकालाई अन्तिम रूप दिने तयारी गरेको र उक्त कार्यतालिका बनाउने समितिमा स्वयं महामन्त्री राणा समेत सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबिच, अध्यक्ष लिङ्देनले देश तथा विदेशमा रहेका पार्टीका विभिन्न तहका नेता र कार्यकर्ताहरूलाई पार्टी एकताको पक्षमा दृढ रहन अपिल गरेका छन् । पार्टी एकता र शुभेच्छुकहरूको भावना विपरीतका क्रियाकलापमा संलग्न नहुन र विचलित नभई स्थानीय तह तथा जिल्ला अधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन उनले कार्यकर्ताहरूलाई निर्देश गरेका छन् ।

rpp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप