मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

बुधबार, २० जेठ २०८३, ०८ : २९
बुधबार, २० जेठ २०८३

सारांश

  • सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज मध्यान्ह सवा १२ बजे बस्दै छ ।
  • बैठकमा अध्यक्ष नारायण दाहालले विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको जानकारी गराउनेछन् ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३-०८४ को राजश्व र व्ययको अनुमानमाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज मध्यान्ह सवा १२ बजे सुरु हुनेछ । 

बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 

आजै आर्थिक वर्ष २०८३-०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ भने अर्थमन्त्री  वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप