‘पपुलिस्ट’ शक्तिहरू देशको सार्वभौमसत्तामाथि हमलामा उत्रिए : विशाल भट्टराई
सारांश
- नेकपा (एमाले) का नेता विशाल भट्टराईले 'पपुलिस्ट' शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।
- उनले प्रधानमन्त्री बालेन्द्र साहले संसद्को रोष्ट्रममा उभिएर आफूहरू अतिक्रमणकारी भएको र अरूको भूमि कब्जा गर्ने घोषणा गरेको जस्तो अभिव्यक्ति दिएको टिप्पणी गरे ।
- भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको पछिल्लो राजनीतिक घटनाक्रम र पक्राउलाई पार्टीमाथिको हमला भएको बताए ।
काठमाडौँ । नेकपा (एमाले) का नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । नेकपा (एमाले) सङ्गठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । नेता भट्टराईले पार्टीमाथि हुँदै आएका हमलाहरू अहिले मुलुककै विरुद्ध लक्षित हुन थालेको दाबी गरे ।
उनले संसद्को रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति अतिक्रमणकारीले दिए जस्तो भएको बताए । प्रधानमन्त्री बालेन्द्र साहले हामी अतिक्रमणकारी हौँ र अरूको भूमि कब्जा गर्छौं भनेर घोषणा गरेको जस्तो भएको टिप्पणी गरे ।
उनले भने, ‘अहिले पनि हाम्रो पार्टीविरुद्ध यस प्रकारका हमलाहरू जारी नै छन् । अहिले त पार्टीमाथि गरिएका हमलाले नपुगेर पपुलिस्टहरू देशविरुद्ध नै हमला गर्न उत्रिएका छन् । उनीहरू देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिइरहेका छन् । संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले खुला रूपमा हामी अतिक्रमणकारी हौँ, अरूको भूभाग कब्जा गर्छौँ भनेर घोषणा गरिरहेका छन् । यस्तो अवस्थामा हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको प्रमुख आतिथ्यमा हुन गइरहेको यो कार्यक्रम विशेष महत्वको छ । खासगरी, उहाँलाई पक्राउ गरिसकेपछि सङ्गठन विभागको यस कार्यक्रममा उहाँको यो पहिलो मन्तव्य हो । यस अर्थमा राष्ट्रिय राजनीतिको सन्दर्भमा एमालेका दृष्टिकोणहरू प्रस्तुत गर्नका लागि यो एक महत्त्वपूर्ण मञ्च हो ।’
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको पछिल्लो राजनीतिक घटनाक्रम र पक्राउ पार्टीमाथिको हमला भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण