थाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राले पाए शाही माफी
बैंकक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राले बुधबारदेखि आफ्नो जेल सजायसँग सम्बन्धित सबै कानुनी दायित्व पूरा गरेका छन् ।
शाही माफी पाएपछि उनको सबै दायित्व सकिएको हो । थाइल्याण्डको राजपत्रमा प्रकाशित आदेशअनुसार राजा महावजिरालोङ्कोर्नले थाक्सिनलाई दिइएको बाँकी प्रोबेसन अवधि पनि समाप्त गरिदिएका हुन् ।
यो निर्णय रानी सुथिदाको जन्मदिनको अवसरमा गरिएको व्यापक क्षमादान अन्तर्गत आएको हो । यस निर्णयसँगै थाक्सिन अब आफ्नो बाँकी कानुनी निगरानीबाट पूर्ण रूपमा मुक्त भएका छन् ।
७६ वर्षीय थाक्सिनलाई पछिल्लो महिना बैंककको जेलबाट रिहा गरिएको थियो । त्यसपछि उनी चार महिनाको प्रोबेसनमा थिए र इलेक्ट्रोनिक ट्र्याकिङ ब्रेसलेट लगाउनुपर्ने नियम थियो । तर शाही आदेशपछि उनी समयभन्दा पहिले नै पूर्ण रूपमा मुक्त भएका छन् ।
उनका वकिल विनयात चातमोन्ट्रीले ब्रेसलेट हटाउने प्रक्रिया केही दिन लाग्न सक्ने बताएका छन् ।
थाक्सिनमाथि आफ्नो पदको दुरुपयोग गरी व्यापारिक फाइदा लिएको र सरकारी लटरी परियोजनामा अनियमितता गरेको आरोपमा मुद्दा चलेको थियो ।
उनलाई सन २०२३ मा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यो सजायलाई पछि राजाले घटाएर एक वर्षमा सीमित गरेका थिए ।
स्वास्थ्य कारण देखाउँदै उनले केही समय बैंकक प्रहरी अस्पतालको विशेष कक्षमा सजाय भोगेका थिए । थाक्सिन २००१ देखि २००६ सम्म थाइल्याण्डका प्रधानमन्त्री थिए । सैन्य ‘कू’ले उनलाई सत्ताबाट हटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण