नेप्सेमा सामान्य सुधार, ५ अर्ब ७३ करोडको कारोबार
सारांश
- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज २.६६ अङ्कले वृद्धि भई २७८०.२५ विन्दुमा पुगेर बन्द भएको छ।
- आज ३४७ वटा कम्पनीका १३ करोड ५ लाख कित्ता शेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
- आज कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्यमा १४.९९ प्रतिशत र सिद्धार्थ बैंक डिबेन्चर २०८४ को मूल्यमा १४.९३ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ।
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २.६६ अङ्कले वृद्धि भई २७८०.२५ विन्दुमा पुगेर बन्द भएको छ।
आज बजारमा कारोबार सामान्य बढेको छ। दिनभरमा आज ३४७ वटा कम्पनीका १३ करोड ५ लाख कित्ता शेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका कुल कम्पनीमध्ये १४९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ वटा कम्पनीको मूल्य घटेको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
आज कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्यमा १४.९९ प्रतिशत र सिद्धार्थ बैंक डिबेन्चर २०८४ को मूल्यमा १४.९३ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ। दुई दिनसम्म १० प्रतिशत भन्दा धेरैले बढेको नेपाल पुनर्बीमा कम्पनी ५.१८ आज भने सर्वाधिक गुमाउने कम्पनी बनेको छ ।
समूहगत रूपमा आज मिश्रित उतारचढाव देखिँदा निर्जीवन र जीवनबीमा समूह सबैभन्दा धेरैले बढेका छन् । अन्य समूहमा सबैभन्दा धेरैको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा आज आँखुखोला हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो, जसको ४४ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो। त्यसैगरी नेपाल पुनर्बीमा कम्पनी र रिडी पावर कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण