शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना

बुधबार, २० जेठ २०८३, १५ : ५०
बुधबार, २० जेठ २०८३

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ ।

बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटातर्फ पठाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप