शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदीय समितिद्वारा ६ वटा उपसमिति गठन, महावीर पुनदेखि तोसिमा कार्कीसम्मले पाए जिम्मेवारी

बुधबार, २० जेठ २०८३, १७ : १७
बुधबार, २० जेठ २०८३

सारांश

  • प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि ६ वटा उपसमिति गठन गरेको छ ।
  • समितिकी सभापति डा. ओजश्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ ।
  • गठित उपसमितिहरूमा सांसदहरूको कार्यविभाजन र जिम्मेवारी तोकिएको छ, जसमा महावीर पुन र डा. तोसिमा कार्की जस्ता सांसदहरू पनि समावेश छन् ।

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि ६ वटा उपसमिति गठन गरेको छ । सिंहदरबारमा बुधवार बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो ।

समितिकी सभापति डा. ओजश्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ । यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहनेछन् भने उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ ।

बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डा. ओजश्वी शेरचनले भनिन्, ‘प्रतिनिधि सभा नियमावली अनुसार उपसमितिहरु गठन गरिएको हो । सबै उपसमिति समितिका सभापतिको मातहतमा रहनेछन् ।’

समितिका सचिव दशरथ धमलाले दिएको जानकारी अनुसार गठित उपसमितिहरूमा सांसदहरूको कार्यविभाजन र जिम्मेवारी तोकिएको छ । जस अन्तर्गत ‘समिति परामर्श तथा समन्वय उपसमिति’ मा सांसदहरू डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङ्गला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहेका छन् ।

त्यसैगरी ‘स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति’ मा कामिनी कुमारी, प्राडा चन्द्रमोहन यादव, डा. तोसिमा कार्की, प्रभा ढकाल, रिङ्गला यादव र लेखजंग थापालाई राखिएको छ । ‘शिक्षा सम्बन्धी अध्ययन उपसमिति’ मा सांसदहरू गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल र रमेशकुमार मल्ल रहेका छन् ।

‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति’ मा सांसदहरू कुसुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा. प्रमिलाकुमारी गच्छदार र महावीर पुनलाई चयन गरिएको छ । ‘सूचना तथा सञ्चार अध्ययन उपसमिति’ मा खुश्बु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल रहेका छन् । त्यस्तै, ‘खेलकुद अध्ययन उपसमिति’ मा सांसदहरू अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप