सिद्धार्थ बैंकद्वारा रुकुम पश्चिममा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले २०८० सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ ।
बैंकको आर्थिक सहयोगमा शौचालयसहित नवनिर्मित भवनको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले विद्यालयका प्रधानाध्यापक हंस बहादुर खड्कालाई हस्तान्तरण गरे ।
भवन हस्तान्तरण कार्यक्रममा बैंकका पदाधिकारीहरू, गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो । सो अवसरमा बस्यालले यो भवन निर्माण भूकम्पपछिको पुनःस्थापना र बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता भएको बताए ।
यस नवनिर्मित भवनले विद्यार्थीहरूमा सुरक्षित र गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै शैक्षिक वातावरण सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण