छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
सारांश
- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।
- मोरङमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
- सप्तरी, चितवन र नवलपरासी पूर्वमा भएका दुर्घटनामा परी अन्य तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ। मोरङ, सप्तरी, चितवन र नवलपरासी पूर्वमा भएका यी दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्।
मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ ललिया चोकस्थित सडकमा बिहीबार दिउँसो सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। दक्षिण अमाहिबरियातिबाट उत्तर कर्सियातर्फ जाँदै गरेको प्रदेश १-०२-००४ ह ५९९५ नम्बरको सिटी सफारीले ठक्कर दिँदा सोही ठाउँका ५५ वर्षीय उमेश मण्डलको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ कट्टीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। बीआर ५०-०६२८८ नम्बर र ना २२ प ३२८५ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँदा ना २२ प ३२८५ नम्बरको मोटरसाइकलका चालक राजविराज नगरपालिका वडा नम्बर १२ सिंगियौन बस्ने २३ वर्षीय छोटेलाल यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ विजयनगर चोकस्थित सडकमा बसको ठक्करबाट एक जना साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। शरणपुरबाट विजयनगरतर्फ जाँदै गरेको ना १ क ७४९४ नम्बरको बसले ठक्कर दिँदा भरतपुर महानगरपालिका वडा नम्बर १७ बस्ने अन्दाजी ५५ वर्षीय शुकराम चौधरीको मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
त्यस्तै नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नम्बर १४ प्रगतिनगरस्थित सडकमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल बिहीबार राति ठक्कर खाँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका वडा नम्बर १ बस्ने ५१ वर्षीय ओमनारायण गुरौ (थारु) को मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण