रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
बाजुरा । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराको प्रथम जिल्ला अधिवेशनबाट आज नयाँ कार्यसमिति चयन भएको छ ।
जिल्ला कार्यसमितिको नयाँ कार्यसमितिको सभापतिमा नवराज जैशी पुनःनिर्वाचित भएको निर्वाचन समिति संयोजक शङ्कर गिरीले बताए । रास्वपाको प्रथम जिल्ला अधिवेशनपछि जिल्ला कार्यसमितिको सर्वसम्मत रुपमा जैशी सभापति रहने गरी १० सदस्यीय कार्य समिति चयन गरिएको गिरीले बताए ।
पार्टीको जिल्ला कार्यसमिति उपभापतिमा पूर्णलाल पाण्डे, सचिव विक्रम गुयाल, सहसचिव विर्ख विष्ट र कोषाध्यक्ष सीता ओली (बुढा) सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन समिति सदस्य मीनाकुमारी रोकायाले जानकारी दिए ।
आजै उनले निर्वाचित कार्यसमितिलाई प्रमाणपत्रसहित सपथ ग्रहण गराए । आइतबारबाट जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएको प्रथम जिल्ला अधिवेशनमा नौ वटै पालिकाबाट करिब ५०० बढी जिल्ला अधिवेशन प्रतिनिधि सहभागी भएको रास्वपा बाजुराले जनाएको छ । नयाँ कार्यसमितिको सचिव पदमा भने विवाद कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण