फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
सारांश
- काठमाडौंमा सामाजिक सञ्जाल प्लेटफर्म रुटिन अफ नेपाल बन्द (आरओएनबी) ले आयोजना गरेको '५ए साइड ओपन फुटसल प्रतियोगिता' पेप्सीकोलामा सुरु भएको छ।
- प्रतियोगितामा ४८ टोलीले फिफा विश्वकपकै नेपाली संस्करणका रूपमा विश्व फुटबलका चर्चित राष्ट्रहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेका छन्।
- प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको माहोल विस्तारै तात्न थालेसँगै राजधानी काठमाडौंमा पनि माहोल तातिएको छ। सामाजिक सञ्जाल प्लेटफर्म रुटिन अफ नेपाल बन्द (आरओएनबी) ले आयोजना गरेको ‘५ए साइड ओपन फुटसल प्रतियोगिता’ पेप्सीकोलामा सुरु भएको हो।
प्रतियोगिताको विशेषता भनेकै यसलाई फिफा विश्वकपकै नेपाली संस्करणका रूपमा सञ्चालन गरिएको छ। प्रतियोगितामा सहभागी ४८ टोलीले फिफा विश्वकपमा सहभागी राष्ट्रहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेका छन्। ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन, जर्मनीलगायत विश्व फुटबलका चर्चित राष्ट्रहरूको नामबाट टोलीहरू मैदानमा उत्रिएका छन्।
खेलको ढाँचा पनि फिफा विश्वकपकै शैलीमा तयार गरिएको छ। समूह चरणदेखि नकआउट चरणसम्मका खेलहरू विश्वकपकै प्रारूपअनुसार सञ्चालन हुनेछन्। यसले सहभागी खेलाडी र दर्शकलाई विश्वकपकै अनुभूति दिलाउने आयोजकको विश्वास छ।
विश्वकप नजिकिँदै जाँदा काठमाडौंका फुटसल मैदान, चोक–चोक र चियापसलहरूमा फुटबलसम्बन्धी चर्चा बढ्न थालेको छ। युवादेखि बालबालिका र वृद्धसम्मले मनपर्ने टोली, खेलाडी र सम्भावित विजेताबारे बहस गरिरहेका छन्। फुटबल जर्सी तथा खेल सामग्री पसलहरूमा समेत ग्राहकको चहलपहल बढ्दो छ।
यही उत्साहलाई थप उचाइ दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगितामा सहभागिता जनाउन प्रत्येक टोलीबाट २० हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको थियो।
बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिताले फुटबलप्रेमीहरूलाई विश्वकपको माहोल नजिकबाट अनुभूति गराउनुका साथै स्थानीय स्तरमा फुटबल संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
-
संरक्षण क्षेत्रको नीतिमा व्यापक सुधार आवश्यक
-
पेन्टागनले चुपचाप सच्यायो हताहतको विवरण, मृतक र घाइते अमेरिकी सैनिक ६ सय नाघे
-
सुनसरीमा झडप : सचेतक परियारद्वारा संयम अपनाउन र निष्पक्ष छानबिन गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण