एमाले पुनर्गठन कार्यदल बैठकमा ओली पनि सहभागी
मङ्गलबार, २६ जेठ २०८३, ११ : ५४
सारांश
- नेकपा एमाले पुनर्गठन कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन्।
- उपाध्यक्ष रामबहादुर थापा 'बादल' संयोजक रहेको यो कार्यदलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्नेछ।
- कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ।
काठमाडौं । उपाध्यक्ष रामवहादुर थापा ‘बादल’ संयोजक रहेको नेकपा एमाले पुनर्गठन कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
बैठक एमाले पार्टी कार्यालय च्यासलमा मंगलबार सुरु भएको हो । बैठकमा कार्यदलको कार्यविधि निर्माणबारे छलफल हुने बुझिएको छ ।
ओली मंगलबार बिहान ११ बजेअघि नै पार्टी कार्यालय च्यासल पुगेका थिए ।
जेठ १० गते एमाले केन्द्रीय सचिवालयको आठौं बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न थापाको नेतृत्वमा १५ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण