फिलिपिन्स भूकम्प : नेपाल सरकारद्वारा दुख व्यक्त, ऐक्यबद्धता प्रकट
सारांश
- नेपाल सरकारले दक्षिण फिलिपिन्समा गएको शक्तिशाली भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
- परराष्ट्र मन्त्रालयले भूकम्पमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना र फिलिपिन्स सरकार तथा नागरिकप्रति सहानुभूति प्रकट गरेको छ।
- नेपालले यस कठिन समयमा फिलिपिन्स सरकार र जनतासँग ऐक्यबद्धता रहेको प्रतिबद्धता जनाएको छ।
काठमाडौँ। नेपाल सरकारले दक्षिण फिलिपिन्समा गएको शक्तिशाली भूकम्प र त्यसबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै भूकम्पका कारण ज्यान गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको हो।
नेपाल सरकारले यस प्राकृतिक विपत्तिको घडीमा फिलिपिन्स सरकार र त्यहाँका नागरिकप्रति आफ्नो सहानुभूति प्रकट गरेको छ। भूकम्पका कारण अझै पनि धेरै मानिसहरू बेपत्ता भइरहेको घटनाप्रति चासो राख्दै नेपालले बेपत्ता भएकाहरूको छिटो भन्दा छिटो उद्धार होस् भनी कामना गरेको छ। साथै प्राकृतिक प्रकोपमा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ।
परराष्ट्र मन्त्रालयले यस कठिन र चुनौतीपूर्ण समयमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनता फिलिपिन्स सरकार तथा त्यहाँका जनताको साथमा रहेको उल्लेख गरेको छ। नेपालले फिलिपिन्ससँग सधैँ ऐक्यबद्धता रहने प्रतिबद्धता समेत जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण