सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
मङ्गलबार, २६ जेठ २०८३, १३ : ५७
सारांश
- सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूले आफ्नो आचरणमाथि प्रश्न उठाएपछि नियमावलीको नियम २१ (ख) तर्फ ध्यानाकर्षण गराएका छन् ।
- प्रतिनिधि सभाको बैठकमा विपक्षी सांसदहरूले सभामुख अर्यालले बोल्न माइक नदिँदै आचरणबारे प्रश्न उठाएका थिए ।
- नियमावलीको नियम २१ (ख) अनुसार सभामुखको पद अनुकूल आचरणको आलोचना छलफलको क्रममा बाहेक गर्न नहुने उल्लेख छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आफ्नो आचरणमाथि विपक्षी दलका सांसदहरूले आवाज उठाएको भन्दै नियमावलीतर्फ ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध जारी राखे ।
सोही क्रममा उनीहरूले सभामुख अर्यालले बोल्न माइक नदिँदै आचरणबारे प्रश्न उठाउँदै बोलेपछि सभामुखले नियमावलीको नियम २१ को उपनियम (ख)तर्फ ध्यानाकर्षण गराएका हुन् ।
त्यो उपनियममा ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,’ बाक्य लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण