संसद् चलाउन एक कदम पछाडि हटेका हौँ, प्रधानमन्त्रीलाई माफी दिएका होइनौँ : प्रमुख सचेतक दुलाल
सारांश
- प्रमुख सचेतक दुलालले प्रधानमन्त्री शाहले सीमाबारे दिएको अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
- उनले संसद् सुचारु गराउन दल लचिलो भए पनि प्रधानमन्त्रीको स्पष्टीकरणको अडानबाट पछि नहटेको प्रष्ट पारे।
- दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सार्वभौमिकताको प्रतिकूल रहेको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे।
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा क्षेत्रका विषयमा दिएको विवादास्पद अभिव्यक्तिबारे उनी स्वयंले संसद्मा उपस्थित भएर स्पष्ट पार्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद् सुचारु गराउन आफ्नो दल लचिलो भए पनि प्रधानमन्त्रीको स्पष्टीकरण चाहिने अडानबाट पछि नहटेको प्रष्ट पारेका हुन् ।
प्रमुख सचेतक दुलालले ‘नेपालले पनि भारतको धेरै ठाउँमा मिचेको छ’ भनी प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रिय सार्वभौमिकताको प्रतिकूल रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट तत्काल हटाउनुपर्ने माग दोहोर्याए। सरकार संसद् र देशका संवेदनशील मुद्दाहरूमा जिम्मेवार भएर अघि बढ्न नसकेको आरोप समेत उनले लगाए।
प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा दलको आधिकारिक धारणा राख्दै उनले संसद्मा भने, ‘जिम्मेवार भएर संसदलाई सूचारु गराउन हामी एक कदम पछाडि हटेका छौ । यसको अर्थ यो होइन कि सम्माननीय प्रधानमन्त्रीज्युले सीमा मिचेको सवालमा बोल्नु भएको अभिव्यक्तीमा हामीले माफी दियौ भन्ने होइन । हाम्रो पार्टीको, दलको स्पष्ट धारणा छ–सम्माननीय प्रधानमन्त्रीको उक्त भनाई संसदको रेकर्डबाट हटाउनु पर्दछ । र, त्यो कुरामा राज्यको धारणा के हो भन्ने कुरामा सम्माननीय प्रधानमन्त्रीज्यूकै मुखबाट भन्नुपर्छ भन्ने पार्टीको धारणा राख्न चाहन्छु ।’
प्रमुख सचेतक दुलालले देशको सीमा जस्तो संवेदनशील विषयमा हलुका टिप्पणी गरिनु दुःखद भएको उल्लेख गर्दै यसबारे सरकारको आधिकारिक दृष्टिकोण के हो भन्ने कुरा प्रधानमन्त्रीकै मुखबाट सुन्न संसद् प्रतीक्षारत रहेको बताए। राष्ट्रियताका मुद्दामा प्रतिपक्षले कुनै पनि हालतमा सम्झौता नगर्ने चेतावनी दिँदै उनले सरकारलाई जनपक्षीय कामहरूमा थप ध्यान दिन र संसद्प्रति जवाफदेही बन्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
-
सुनसरी घटनामा सरकारसँग जेनजी अभियन्ताको ५ बुँदे माग
-
भारतीय क्रिकेट टोलीका सहायक प्रशिक्षकले दिए राजीनामा
-
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण