शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

वीर अस्पतालका करार कर्मचारी आन्दोलित, सेवा सुविधाबाट वञ्चित गराइएको गुनासो

भोलिदेखि पेन डाउन
शुक्रबार, २९ जेठ २०८३, १५ : २०
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • वीर अस्पतालका करार कर्मचारी सेवा सुविधाबाट वञ्चित गराइएको भन्दै आन्दोलित भएका छन् ।
  • उनीहरूले श्रम शोषण भएको र विगतदेखि उपलब्ध हुँदै आएको सेवा सुविधाबाट वञ्चित गरेको गुनासो गरेका छन् ।
  • एक करार कर्मचारीले जोखिम भत्तासमेत नपाएको बताएका छन् र निर्देशकको कार्यकक्षमा धर्ना दिएका छन् ।

काठमाडौँ । वीर अस्पतालमा कार्यरत करारका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सेवा सुविधाबाट वञ्चित गराइएको भन्दै शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

करारका कर्मचारीलाई श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विगतदेखि उपलब्ध गरिँदै आएको सेवा सुविधाबाट वञ्चित गराइएको उनीहरूकाे गुनासो छ । 

एक करार कर्मचारीले जोखिम भत्ता समेत नपाएको बताए । उनले भने,'हामीले निर्देशकको कार्यकक्षमा धर्ना दिएका छौँ । अब भोलिदेखि पेन डाउन गर्छाैँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप