फिफा विश्वकप २०२६
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
सोमबार, ०१ असार २०८३, ०८ : ३७
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफ को खेलमा स्विडेनले पहिलो हाफमा ट्युनिसियाविरुद्ध २-१ गोलको अग्रता लिएको छ ।
- खेलको सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्विडेनलाई अग्रता दिलाए भने ३० औँ मिनेटमा अलेक्सान्डर इसाकले अग्रता दोब्बर पारे ।
- पहिलो हाफको अन्त्यतिर ओमार रेकिकले ट्युनिसियाका लागि एक गोल फर्काए ।
गुडालुपे । फिफा विश्वकप २०२६ मा स्विडेनले पहिलो हाफमा ट्युनिसियाविरुद्ध झिनो अग्रता बनाएको छ ।
समूह एफ अन्तरगत एस्टाडियो मोन्टेरेमा जारी खेलमा स्विडेनले २-१ गोलको अग्रता बनाएको हो ।
खेलको सातौँ मिनेटमा नै यासिन अयारीले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा अलेक्सान्डर इसाकले भिक्टर ग्योकेरेसको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
तर, पहिलो हाफ सकिन लाग्दा ओमार रेकिकले ट्युनिसियाका लागि एक गोल फर्काएका थिए । यसअघि, यस समूहको अन्य खेलमा जापान र नेदरल्याण्ड्सले २-२ गोलको बराबरी खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुस तयार
-
हालान्डका लागि कुनै मञ्च ठूलो छैन
-
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
-
व्यवसायीलाई शङ्काकै भरमा ‘थुन्ने’ प्रवृत्तिको अन्त्य गरी एन्टिसिपेटरी बेलको व्यवस्था गर्न अध्यक्ष अग्रवालको माग
-
प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै हुन्छ : मुख्यमन्त्री कार्की
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण