शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन : जिल्लान्तर र अन्तर-स्थानीय तह सरुवामा रोक
सोमबार, ०१ असार २०८३, १३ : ५०
सारांश
- शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन जारी गरेको छ ।
- शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिइएको छ ।
- कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि निवेदन दिएका उम्मेदवारको हकमा बढुवाको नतिजा नआएसम्म सरुवा सहमति नदिन भनिएको छ ।
काठमाडौँ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन दिएको छ ।
देशभरका स्थानीय तहहरूलाई सोमबार पत्र लेख्दै महाशाखाले स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको छ ।
त्यस्तै, महाशाखाले खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा गर्न भनेको छ ।
त्यसबाहेक ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण