पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल
सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले देशलाई सही दिशा दिन नसक्ने बताएका छन्।
- उनले पपुलिजमले क्षणिकमा जनतालाई मन पर्ने कुरा गरेर भ्रममा पार्ने तर त्यसको दीर्घकालीन असर घातक हुने बताए ।
- उनले निर्वाचनमा पार्टीको विपक्षमा जनमत आएकोले व्यापक सुधारको आवश्यकता रहेको र एमाले अब जनतासँग प्रत्यक्ष जोडिएर अघि बढ्ने बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम(लोकप्रियता)ले देशलाई सही दिशा दिन नसक्ने बताएका छन्।
सोमबार एमाले प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पपुलिजमले क्षणिकमा जनतालाई मन पर्ने कुरा गरेर भ्रममा पार्ने तर त्यसको दीर्घकालीन असर घातक हुने बताए ।
पोखरेलले जनताले लोकरिझाँइका कुरालाई रामवाण जस्तो मानेको बताए । ‘यस्ता कुराले समाजलाई दिग्भ्रमित पारिरहेको छ। यो लामो समय जाँदैन’ उनले भने।
पोखरेलले पार्टी थप एकताबद्ध भएर अघि बढ्ने समेत बताए। पार्टी शुद्धीकरण,सुदृढीकरण र पुनर्जागरण अभियान मार्फत एमाले थप बलियो हुने स्पष्ट पारे।
पार्टी सुदृढीकरणका लागि कार्यदलले काम थालिसकेकोले यसको निष्कर्षको आधारमा पार्टीलाई थप मजबुत बनाइने पोखरेलले बताए।
पोखरेलले निर्वाचनमा पार्टीको विपक्षमा जनमत आएकोले व्यापक सुधारको आवश्यकता रहेको औँल्याएका छन्।
‘एमालेको विपक्षमा जनमत प्रकट भएको छ । हामीले जनतासँगको सम्बन्ध बलियो बनाउन सकेनौँ’ पोखरेलले भने ‘तर एमाले अब जनतासँग प्रत्यक्ष जोडिएर अघि बढ्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशी क्रिकेटरमाथि दुर्व्यवहार, तीन प्रहरी अधिकारी निलम्बित
-
चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत
-
कोशीमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक
-
नेपाली चिया निर्यातमा भारतीय अवरोध: तत्काल कूटनीतिक पहल गर्न महासंघको माग
-
कोशी बजेट : शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड
-
अमेरिका–इरान सम्झौताप्रति इजरायली मन्त्रीहरूको असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण