शान्ति दूत ‘अलोका’ कुकुरसहित भियतनामी भिक्षुको टोली काठमाडौँ आइपुग्यो
सारांश
- शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्व भ्रमणमा रहेको भियतनामी बौद्ध भिक्षुहरूको टोली 'अलोका' नामक कुकुरसहित काठमाडौँ आइपुगेको छ।
- यो टोलीले यसअघि भारत र अमेरिकामा खाली खुट्टा शान्ति पदयात्रा सम्पन्न गरिसकेको छ।
- काठमाडौँ बसाइका क्रममा टोलीले बौद्ध र स्वयम्भूको भ्रमण गर्ने तथा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने कार्यक्रम छ।
काठमाडौँ। शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्वका विभिन्न देशमा हजारौँ माइल पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको टोली सोमबार काठमाडौँ आइपुगेको छ।
यस विशेष टोलीसँग अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि सँगै रहेको छ।

यो टोलीले यसअघि भारतमा ३४ सय किलोमिटर तथा अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म करिब ३७ सय किलोमिटर खाली खुट्टा शान्ति पदयात्रा सम्पन्न गरिसकेको छ। युद्ध र हिंसाबाट प्रभावित वर्तमान विश्वमा शान्ति र सद्भावको सन्देश फैलाउने मुख्य उद्देश्यका साथ यो यात्रा अगाडि बढाइएको टोलीले जनाएको छ।

काठमाडौँ बसाइका क्रममा यस पदयात्री टोलीले बौद्ध र स्वयम्भू लगायतका स्थापित बौद्ध तीर्थस्थलहरूको दर्शन तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ। यसका साथै टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम समेत तय भएको जनाइएको छ।

काठमाडौँ आइपुगेपछि भन्ते पन्ना काराले बुद्धका शिक्षा, ध्यान र करुणाको अभ्यासमार्फत मानिसले आफ्नो अन्तरमनमै वास्तविक शान्ति खोज्न सक्ने बताएका छन्। उनले शान्तिको भूमि काठमाडौँबाट पनि विश्व शान्तिको बलियो सन्देश प्रवाह गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरे।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेटः भौतिक र ऊर्जामा आधाभन्दा बढी, चालु वर्ष २ अर्ब खर्च नहुने
-
सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
-
कोशी प्रदेशको बजेटमा नारा : कति थपिए, कति हराए ?
-
दलहरूसँग एकीकरण गर्न जनमतले बनायाे तीन सदस्यीय वार्ता टोली
-
लुम्बिनी सरकारकाे बजेट : प्रशंसा र आलोचनाबिच कार्यान्वयनको प्रश्न
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण