गण्डकीको स्वास्थ्य क्षेत्रमा ३ अर्ब ३१ करोडको बजेट
सारांश
- गण्डकी प्रदेश सरकारले आगामी वर्ष स्वास्थ्य क्षेत्रको विकासका लागि ३ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- प्रादेशिक जनस्वास्थ्य तथा सरुवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पतालको भवन निर्माणका लागि ६ करोड, नवलपुरको मध्यबिन्दु प्रादेशिक अस्पताल र गोरखा अस्पतालमा सीटी स्क्यान मेसिन खरिद गर्न १० करोड, र एम्बुलेन्स खरिद गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
- यसका साथै, गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार सेवाका लागि ६ करोड ६० लाख, महामारीको पूर्व तयारी र प्रतिकार्यका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराइनेछ ।
पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि आगामी वर्ष करिब साढे ३ अर्ब विनियोजन गरेको छ । सेवामा सहज पहुँच पुर्याउने उद्देश्यका साथ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन अर्थ मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य तथा सरुवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पतालको भवन निर्माण कार्यका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यसैगरी, नवलपुरको मध्यबिन्दु प्रादेशिक अस्पताल र गोरखा अस्पतालमा सीटी स्क्यान मेसिन खरिद गर्न १० करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।
प्रदेश सरकार मातहतका विभिन्न अस्पतालहरूका लागि आवश्यक एम्बुलेन्स खरिद गर्न थप ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको ज्यान जोगाउन र आकस्मिक उपचारका लागि हवाई उद्धार सेवालाई ६ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
महामारी तथा जनस्वास्थ्य सम्बन्धी जोखिमको पूर्व तयारी र प्रतिकार्यका लागि समुदाय स्तरमा एकीकृत निगरानी प्रणाली विस्तार गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ । नसर्ने रोगहरूको रोकथामका लागि हरेक बिहान योग र ध्यान अभियान सञ्चालन गरिने अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रमलाई सुदृढ बनाउँदै प्रदेश सरकारले रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । क्यान्सर रोगको उपचारमा थप आर्थिक सहायता, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, असफल पुराना समेटिए योजना (पूर्णपाठ)
-
बागमतीले ३० अर्ब राजस्व उठाउने, डिजिटल राजस्व प्रणाली स्थापना गर्ने
-
५६ करोड भ्रष्टाचार मुद्दामा बागमतीका निलम्बित मेयर थापासहित ८ जनाको सुनुवाइ सर्यो
-
व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
-
वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण