कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड
सारांश
- कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा १० अर्ब ९३ करोड ८१ लाख १० हजार छुट्याइएको छ ।
- चालु आर्थिक वर्षमा यस मन्त्रालयका लागि ११ अर्ब १ करोड विनियोजन गरिएको थियो ।
- १४ वटा रणनीतिक सडक आयोजनाका लागि ६५ करोड, १२२ वटा झोलुङ्गे पुलका लागि ३६ करोड ७५ लाख, एकीकृत प्रशासनिक भवनका लागि ७५ करोड र स्मार्ट सिटी विकासका लागि ३७ करोड विनियोजन गरिएको छ ।
सुर्खेत । कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट घटेको छ । यसअघि सबैभन्दा धेरै र प्राथमिकतामा रहँदै आएको यो मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १० अर्ब ९३ करोड ८१ लाख १० हजार बजेट छुट्याइएको छ ।
चालु आर्थिक वर्षमा यो मन्त्रालयका लागि ११ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै पूर्वाधार तर्फ विगतका धेरैजसो आयोजनालाई बजेट विनियोजन गरे । ती आयोजनालाई सम्पन्न गर्न आगामी वर्ष सरकारले प्राथमिकता दिएको छ ।
१४ वटा रणनीतिक सडक आयोजनाका लागि ६५ करोड र १२२ वटा नयाँ झोलुङ्गे पुल निर्माणका लागि ३६ करोड ७५ लाख विनियोजन गरिएको छ । प्रदेशको एकीकृत प्रशासनिक भवन निर्माणलाई उच्च प्राथमिकता दिँदै रु ७५ करोड छुट्याइएको छ । वीरेन्द्रनगर, नारायण र दुनै लगायतका सहरलाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्न ३७ करोड विनियोजन गरिएको छ ।
भूकम्प पुनर्निर्माण र आवासः जाजरकोट र रुकुम पश्चिमको भूकम्पपछिको पुनर्निर्माण तथा विपन्न आवास कार्यक्रमका लागि रु ३४ करोडभन्दा बढी रकम खर्च गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण