काठमाडौँ । शंकरदेव क्याम्पसमा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा आबद्ध भए निश्कल राई । नेपाल विद्यार्थी संघबाट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवार बने तर पराजित भए । त्यसपछि उनी विद्यार्थी राजनीतिमा निष्क्रियजस्तै रहे ।
उनी माउ पार्टी नेपाली कांग्रेसमै सक्रिय हुन थाले । शंकरदेवमै केही वर्ष अध्यापन गरेपछि पारिवारिक कारणले उनी गृहजिल्ला इलाम फर्किए, त्यहाँ पनि कांग्रेस राजनीतिमा सक्रिय रहे । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार बने र निर्वाचित पनि भए ।
अहिले नेपाली कांग्रेस संसदीय दलको सचेतक रहेका राईले संसद्मा उठाएका विषय र खेलेको भूमिकाको प्रशंसा हुने गरेको छ । शालीन स्वभावका उनी निकै अध्ययनपछि मात्रै आफ्ना कुरा संसद्मा राख्छन् ।
रातोपाटीको स्तम्भ ‘सांसदसँग’मा उनलाई केही प्रश्न गरिएको छ । उनको उत्तर भिडियोमा हेर्नुहोला ।
भिडियो
प्रतिक्रिया