गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले रामहरि श्रेष्ठ अपहरण र हत्या मुद्दामा सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।
- सर्वोच्च अदालतले बटालालाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो, जुन पुनरावलोकन सुनुवाइमा उल्ट्याइएको थियो ।
- बटालालाई डिल्लीबजार कारागार चलान गरिएको छ र जरिवानाको २० प्रतिशत छुट पाउने व्यवस्था छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले अदालतमा आत्मसमर्पण गरेका छन् । उनी बुधबार सर्वोच्च अदालतमा उपस्थित भएका हुन् । व्यवसायी रामहरि श्रेष्ठको अपहरण र हत्या मुद्दामा सर्वोच्च अदालतले उनलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
२०८३ जेठ २८ मा न्यायाधीशहरू डा.नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाले पुनरावलोकन सुनुवाइ गर्दै त्यसअघि भएको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेका थिए ।
कालिकोटको माल्कोट घर भएर काठमाडौँ बस्दै आएका बटालालाई सर्वोच्च अदालत प्रशासनको मुद्दा तथा रिट महाशाखाले कारागार कार्यालय डिल्लीबजार चलान गरेको छ । फैसला भएको मितिले ६० दिनभित्र हाजिर भएर कैदमा बसेमा जरिवानाको २० प्रतिशत मिनाहा कुने कानुनी व्यवस्था छ । अब, बटालाले २० प्रतिशत सजाय छुट पाउने सर्वोच्चका अधिकृतहरू बताउँछन् ।
२०६८ असार ६ मा काठमाडौँबाट अपहरण गरेर व्यापारी रामहरि श्रेष्ठलाई चितवनमा लगेर हत्या गरेको कसुरमा उनी दोषी ठहर भएका हुन् । बटाला तत्कालीन माओवादी लडाकुका ब्रिगेड कमान्डर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण