सुर्खेतमा एक महिला मृत अवस्थामा फेला
बुधबार, ०३ असार २०८३, १० : ४१
सारांश
- सुर्खेतमा ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी छिन्।
- घरबाट निस्किएकी कसेरा भान्जीको घरमा नपुगेपछि आफन्तले खोजी गर्दा भेरी नदी किनारमा शव फेला पारेको थियो।
- घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सुर्खेत। सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी नगरपालिका–१, टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी हुन्।
मंगलबार बिहान ७ बजे भान्जीको घर जान्छु भनी घरबाट निस्किएकी कसेरा सम्पर्कविहीन भएकी थिइन्। भान्जीको घरमा नपुगेपछि आफन्तहरूले उनको खोजी गर्ने क्रममा लेकबेसी–१, चिप्लेस्थित भेरी नदी किनारमा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिंह बोहोराले बताए।
घटनाबारे जानकारी थप अनुसन्धान अगाडि बढिरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण