विजय र रश्मिकाको ‘राणाबाली’ मा हलिउडका भिलेन अर्नोल्ड वोस्लु
सारांश
- विजय देवरकोंडा र रश्मिका मन्दाना अभिनित फिल्म ‘राणाबाली’ मा हलिउड अभिनेता अर्नोल्ड वोस्लु खलपात्रको रूपमा देखिने भएका छन् ।
- हलिउडका चर्चित अभिनेता अर्नोल्ड वोस्लुले ‘द मम्मी’ फिल्ममा ‘इम्होतेप’ को चरित्रबाट पहिचान बनाएका थिए ।
- १९औँ शताब्दीको ब्रिटिस शासनकालको पृष्ठभूमिमा आधारित यो प्यान–इन्डिया पिरियड एक्सन–ड्रामा फिल्म ११ सेप्टेम्बर २०२६ मा रिलिज हुनेछ ।
मुम्बई । विजय देवरकोंडा र रश्मिका मन्दाना मुख्य भूमिकामा देखिने फिल्म ‘राणाबाली’ मा खलपात्रको रूपमा हलिउड अभिनेता अर्नोल्ड वोस्लु देखिने भएका छन् । हलिउडको चर्चित फिल्म ‘द मम्मी’ मा ‘इम्होतेप’ को डरलाग्दो खलनायक चरित्रबाट विश्वभर पहिचान बनाएका अभिनेता वोस्लुले यसै फिल्म मार्फत बलिउड डेब्यु गर्न लागेका हुन् ।
फिल्मका निर्माताहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अर्नोल्ड वोस्लूको एक विशेष र शक्तिशाली लुक्स सार्वजनिक गर्दै उनको अभिनयका विषयमा औपचारिक जानकारी दिएको हो । सार्वजनिक गरिएको पोस्टरमा अर्नोल्ड कालो र सुनौलो रङको शाही पहिरनमा सिंहासनमा बसेको पुराना शासकको रूपमा देखिएका छन् ।
फिल्म ११ सेप्टेम्बर २०२६ मा विश्वभरका सिनेमा घरहरूमा रिलिज हुने तयारीमा छ । यो एक प्यान–इन्डिया पिरियड एक्सन–ड्रामा फिल्म हो ।
१९औँ शताब्दीको ब्रिटिस शासनकालको पृष्ठभूमिमा आधारित रहेर फिल्म बनाइएको बताइएको छ । अर्नोल्ड वोस्लूको भिलेन अवतार सार्वजनिक भएपछि दर्शकहरूको फिल्मप्रति चासो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण