इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
काठमाडाैँ । अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन प्रतिवेदन अनुसार इरानले युद्ध पछि स्ट्रेट अफ होर्मुजलाई इच्छा अनुसार बन्द गर्ने क्षमता हासिल गरेको स्रोतहरूलाइ उदृत गर्दै सिएनएनले जनाएको छ ।
आगामी शुक्रबार हस्ताक्षर हुने सम्झौताको बाबजुद महत्वपूर्ण होर्मुज जलमार्ग प्रयोग गरेर अर्थतन्त्रलाई नोक्सान पुर्याउने इरानको प्रतिगमन कार्य पुनः सुरु हुन सक्ने मूल्याङ्कनले जनाएको छ ।
इरान पछिल्लो समयमा अमेरिकाको प्रतिद्धन्दी बनी खाडी देशहरूको ऊर्जा पूर्वाधारमा आक्रमणको फाइदा उठाउन सिकेको मूल्याङ्कन स्रोतलाई उदृत गर्दै सिएनएनले जनाएको छ । प्रति आक्रमण स्वरुप इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी आधारहरूमा आक्रमण गरेको थियो ।
हाल इरानलाई होर्मुज जलमार्ग माथि वास्तविक नियन्त्रण हस्तान्तरण गरेको जनाउदै यो अधिकार कुनै पनि आणविक हतियार भन्दा बढी शक्तिशाली हतियार भएको अमेरिकी गुप्तचर मूल्याङ्कनसँग परिचित स्रोतलाई उल्लेख गर्दै सिएनएनले बताएको छ ।
युद्ध अन्त्य गरी हार्मुज जलमार्गलाई पूर्ण रूपमा पुनः खोले पछि हुने इरानीहरूको निरन्तर लाभलाई जोड दिँदै यसको लागि इरानसँग गहन वार्ता गर्नु परेको अमेरिकाले जनाइएको छ ।
अमेरिकी उपराष्ट्रपति जे. डी.भान्सले शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने इरान सम्झौता बारे बोल्दै सम्झौता अनुसार इरानसँग आणविक हतियार हुन नसक्ने तथा होर्मुजको जल मार्ग खुला हुनुपर्ने लगाएतका विषय खुलासा गरेका छन् । यी सर्तहरु पालना गरे भने धेरै फाइदाहरू रहेको उल्लेख गर्दै इरानीहरूले सर्तहरु पालना नगरे केही पनि नपाउने बताएका छन् ।
सम्झौताको सामग्री र अन्य जोखिमहरूको अनिश्चितता पनि स्ट्रेट अफ होर्मुजमा रहेको ढुवानी उद्योगका अधिकारीहरू र जहाजको आवागमन यिमन गर्ने विज्ञहरूलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।
यसैबिच , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानसँगको सम्झौताको ढाँचा “एक–दुई दिनमा“ सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले गत आइतबार इलेक्ट्रोनिक रूपमा सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ तर पूर्ण पाठ सार्वजनिक रूपमा खुलासा गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण