संसद् बैठक
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
बिहीबार, ०४ असार २०८३, १४ : १८
सारांश
- सङ्घीय सरकारले यो वर्ष १० खर्ब रुपैयाँ बराबरको टेन्डर खुलाउने भएको छ।
- मन्त्री लम्सालले तीन वर्षका लागि एकै पटक टेन्डर गर्न लागिएको बताए।
- यसले ठेक्का लगाउँदा लाग्ने समय बचत हुनेछ।
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधार विकास मन्त्रालयले यो वर्ष १० खर्ब रुपैयाँ बराबरको टेन्डर खुलाउने बताएका छन्। प्रतिनिधि सभामा विनियोजन विधेयकमा मन्त्रालयगत छलफलमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले अहिले मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै भए पनि तीन वर्षका लागि एकै पटक टेन्डर गर्न लागिएको बताए। उनले टेन्डर गर्दा चालु वर्षकै दररेटमा गर्ने गर्ने र मूल्य वृद्धिका आधारमा यसलाई स्वतः समायोजनको व्यवस्था गर्ने बताए।
उनले पहिलो ६ महिना टेन्डरकै लागि समय लाग्ने भएकोले यो वर्ष बजेट कम देखिएको बताए । तीन वर्षको ठेक्का एकै पटक लगाउँदा यसले २०/२२ महिना लाग्ने समय ६/७ महिनामा झर्ने भन्दै यसले बाँकी अवधि बचत गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण