शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

लगातार वर्षासँगै मेची राजमार्गमा पहिरो, इलाम सदरमुकाम जाने सडक जोखिमयुक्त

शुक्रबार, ०५ असार २०८३, १२ : २७
शुक्रबार, ०५ असार २०८३

सारांश

  • बिहीबार मध्यान्हदेखि लगातार पानी परेसँगै मेची राजमार्गको इलाम नगरपालिका-१० स्थित राजदुवालीमा पहिरो खसेको छ ।
  • पहिरो खसेपछि सदरमुकाम जाने सडक जोखिममा परेको छ ।
  • प्रहरीले यात्रा गर्दा सचेतना अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ । बिहीबार मध्यान्हदेखि लगातार पानी परेसँगै मेची राजमार्गमा पहिरो खस्न थालेको छ । इलाम नगरपालिका–१० मा पर्ने राजदुवाली स्थित मेची राजमार्गमा पहिरो खसेसँगै सदरमुकाम जाने सडक जोखिममा परेको इलामका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । 

उनले भने, ‘लगातार वर्षाका कारण माइखोलाबाट सदरमुकाम आउने सड्क जोखिममा परेको छ ।’ 

सड्क पुर्ण अवरुद्ध नभएपनि जोखिमयुक्त रहेको भन्दै प्रहरीले यात्रा गर्दा सचेतना अपनाउन आग्रह गरेको छ । 

राजदुवाली भन्ने स्थानमा यसअघि पनि पहिरो खस्ने गरेको थियो । इलाममा अझै पानी रोकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप