पार्टी छोड्नेहरूले नाटक गरे, राजसंस्था पुनर्स्थापनाको वातावरण उनीहरूले नै बिगारे : लिङ्देन
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छोडेर जानेहरूले केवल 'नाटक' प्रदर्शन गरेको आरोप लगाएका छन् ।
- उनले देशमा राजसंस्थाको पक्षमा जनमत बनिरहेको बेला आन्दोलनलाई बिचैमा तुहाउने र वातावरण बिगार्ने काम उनीहरूले नै गरेको दाबी गरे ।
- लिङ्देनले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन खोज्दा विगतमा पार्टी फुटाउने र जुटाउने खेलमा रमाएकाहरूलाई अहिलेको सुधार र अनुशासन चित्त नबुझेको बताए ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छोडेर जानेहरूले केवल ‘नाटक’ प्रदर्शन गरेको आरोप लगाएका छन् । पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सिद्धान्त र विचारको नाम दिएर पार्टी छोड्नेहरूको कदम नियोजित र षड्यन्त्रपूर्ण भएको दाबी गरे । केही साता पहिले महामन्त्री धवलशमशेर राणालगायतले पार्टी छाडेका थिए ।
अध्यक्ष लिङ्देनले भने, ‘केही मानिसहरूले पार्टी विचारबाट विचलित भयो भनेर छोडेका छन्। तर यथार्थमा यो राप्रपालाई कमजोर बनाउने एउटा नाटक मात्र हो।’
उनले थपे, ‘देशभर राजसंस्थाको पक्षमा अभूतपूर्व जनमत बनिरहेको बेला, परिपक्व नभई आन्दोलनलाई बिचैमा तुहाउने र वातावरण बिगार्ने काम उनीहरूले नै गरे। इतिहासले यस्ता पात्रहरूलाई दण्डित गर्नेछ।’
आफू र वर्तमान कार्यसमितिले राजसंस्था, हिन्दु राष्ट्र र भ्रष्टाचार विरुद्धको मुद्दामा कुनै सम्झौता नगरेको स्पष्ट पार्दै उनले पार्टी छोड्नेहरूले नै विगतमा पटक(पटक फुट र विभाजनको संस्कृतिलाई बढवा दिएको बताए। लिङ्देनले भने, ‘विगतको नेतृत्व र कार्यशैलीबाट पाठ सिक्दै हामीले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन खोजेका छौँ। तर हिजो पार्टी फुटाउने र जुटाउने खेलमा रमाएकाहरूलाई अहिलेको सुधार र अनुशासन चित्त बुझेको छैन।’
अध्यक्ष लिङ्देनले अबको बाटो ‘आउट अफ बक्स’ सोच र नयाँ कार्यशैलीको हुनुपर्नेमा जोड दिए। आगामी मङ्सिर २६, २७ र २८ गतेका लागि महाधिवेशन प्रस्ताव गरिएको भन्दै उनले महाधिवेशनले देशलाई नयाँ सन्देश दिने उनको विश्वास छ।
उनले महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन निर्वाचन समितिलाई निर्देशन दिँदै सबै कार्यकर्तालाई एकताबद्ध भएर महाधिवेशनको वातावरण बनाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’
-
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते
-
‘टोल टोलमा फिल्म महोत्सव’ सुरु
-
कागजातका आधारमा मात्र जाँचपास गरेको पुष्टि, रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बित
-
बैतडीमा बस दुर्घटना अपडेट : ९ जना घाइते
-
हेमन्त शर्माको ‘काली तरेर आउँछु, कोशी तरेर आउँछु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण