बलिउड गायक अभिजित भट्टाचार्य काठमाडौँमा
शुक्रबार, ०५ असार २०८३, १७ : ०६
सारांश
- बलिउड गायक अभिजित भट्टाचार्य एकल साङ्गीतिक प्रस्तुति दिन काठमाडौँ आइपुगेका छन् ।
- उनले शनिबार राति ठमेलस्थित नोभा क्लबमा हुने कार्यक्रममा ९० को दशकका लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
- यो अभिजितको नेपालमा पहिलो एकल साङ्गीतिक प्रस्तुति भने हो ।
काठमाडौँ । बलिउड गायक अभिजित भट्टाचार्य नेपाल आएका छन् । एकल साङ्गीतिक प्रस्तुति दिन उनी शुक्रबार काठमाडौँ आइपुगेका हुन् । शनिबार राति काठमाडौँको ठमेलस्थित नोभा क्लबमा आयोजना हुने ‘अभिजित भट्टाचार्य लाइभ इन नेपाल’ कार्यक्रममा उनले सन् ९० को दशकका आफ्ना लोकप्रिय तथा सदाबहार गीतहरू प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा उनले वादा रहा सनम, तुम्हे जो मैंने देखा, मैँ कोई ऐसा गीत गाऊँ, और क्या, बड़ी मुश्किल है, तुम दिल की धड़कन में रहते हो, लम्हा लम्हा, तौबा तुम्हारे ये इशारे, चाँद तारे तोड लाऊँ, कभी यादों में आऊँ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
अभिजित भट्टाचार्य यसअघि पनि धेरै पटक नेपाल आइसकेका छन्, तर उनको एकल साङ्गीतिक प्रस्तुति भने पहिलो पटक हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते
-
‘टोल टोलमा फिल्म महोत्सव’ सुरु
-
कागजातका आधारमा मात्र जाँचपास गरेको पुष्टि, रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बित
-
बैतडीमा बस दुर्घटना अपडेट : ९ जना घाइते
-
हेमन्त शर्माको ‘काली तरेर आउँछु, कोशी तरेर आउँछु’
-
भोटो जात्राका बेला अनुमति बिना ड्रोन उडाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण