ब्राजिल र हैटीबिचको खेल सुरु, दुबै टोली पहिलो जितको खोजीमा
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' मा ब्राजिल र हैटीबीचको खेल फिलाडेल्फिया स्टेडियममा सुरु भएको छ।
- यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको ब्राजिल समूहको तेस्रो स्थानमा छ र मोरक्को शीर्ष स्थानमा छ।
- म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथियस कुन्हालाई ब्राजिलले सुरुआती रोजाइमा राखेको छ भने यो खेल हैटीका लागि ऐतिहासिक छ।
फिलाडेल्फिया । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिल र हैटीबीचको खेल सुरु भएको छ। फिलाडेल्फिया स्टेडियममा भइरहेको खेलमा दुवै टोली महत्वपूर्ण तीन अंकको लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको ब्राजिल समूहको तेस्रो स्थानमा छ। स्कटल्यान्डमाथि जित निकाल्दै मोरक्को समूहको शीर्ष स्थानमा पुगेपछि ब्राजिलमाथि दबाब बढेको छ।
ब्राजिलले आक्रमणमा परिवर्तन गर्दै म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथियस कुन्हालाई सुरुआती रोजाइमा राखेको छ। उनी थियागोको स्थानमा मैदान उत्रिएका हुन्।
यता, हैटीका लागि यो खेल ऐतिहासिक महत्वको छ। विश्व फुटबलको शक्तिशाली राष्ट्र ब्राजिलविरुद्ध खेल्नु नै हैटीका समर्थकका लागि विशेष अवसर बनेको छ। रोचक कुरा के छ भने हैटीमा ब्राजिललाई लामो समयदेखि दोस्रो टोलीका रूपमा समर्थन गर्ने परम्परा रहिआएको छ।
अब हेर्न बाँकी छ, ब्राजिलले आफ्नो पहिलो जित निकाल्दै नकआउट चरणतर्फ बलियो कदम चाल्छ कि हैटीले विश्वकपको अर्को ठूलो उलटफेर रच्दै इतिहास बनाउँछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती गाउँपालिकाले ल्यायो ७३ करोड २० लाखको बजेट
-
कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’, राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण