शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

तुलसीपुरमा दुई अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते

शनिबार, ०६ असार २०८३, ०६ : ३८
शनिबार, ०६ असार २०८३

सारांश

  • दाङको तुलसीपुरमा दुई अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।
  • घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने चालकले मदिरा सेवन गरेको खुलेको छ।
  • घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

फूलबारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४४६५ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ७१४७ नम्बरको अटो एक-आपसमा ठक्कर खाँदा यो दुर्घटना भएको हो। दुर्घटनामा रा १ ह ४४६५ नम्बरका अटो चालक तुलसीपुर–१३ बस्ने २२ वर्षीय विक्रम चौधरी गम्भीर घाइते भएका छन्।

उनको अनुहार तथा शरीरमा भित्री चोट लागेको छ। प्रारम्भिक जाँचका क्रममा चालक चौधरीले मदिरा सेवन गरेको खुलेको छ।

त्यसैगरी, सोही अटोमा सवार घोराही उपमहानगरपालिका–०७ बस्ने २१ वर्षीय विजय चौधरी र २० वर्षीया सुस्मिता चौधरी सामान्य घाइते भएका छन्। अर्को रा १ ह ७१४७ नम्बरका अटो चालक तुलसीपुर–१३ बस्ने ४६ वर्षीय रुद्र शाही तथा सोही अटोमा सवार १३ वर्षीय हिरालाल खत्री, २१ वर्षीय गोविन्द घिमिरे, ३५ वर्षीया केशरी घिमिरे, २७ वर्षीया हरिकला बुढा र १७ वर्षीया लक्ष्मी बुढा सामान्य घाइते भएका छन्।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप