शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
अतीतबाट साभार

फूलमाया–८

शनिबार, ०६ असार २०८३, १४ : ३०
शनिबार, ०६ असार २०८३

सारांश

  • रातको समयमा फूलमाया र गन्जेबीच संवाद हुन्छ, जसमा उनीहरूले विगतका सुखद दिन र वर्तमानका दुःख तथा निराशाका बारेमा कुरा गर्छन् ।
  • गन्जेले आफ्नो जीवनमा पाएको धोका र फूलमायाले आफूलाई वेश्याको पोई बनाएको आरोप लगाउँछन् ।
  • फूलमायाले गन्जेलाई लाछी भन्दै उसको दुर्भाग्यको कारण ऊ आफैँ भएको र आफूले उसको इज्जत बचाउन खोजेको तर उसले नबुझेको बताउँछिन् ।

“मैले साँच्चो साँच्चो भनेको गन्जु !” आँपको फेदतिरबाट आएको चिनेचिने जस्तो स्वरमा फूलमायाले सुनी । फरिकोमा लिप्पिक टाँसिएर सास दबाउँदै ऊ उभिई ।

“सारा गाउँ सिनोसरी जस्तो गन्हाएको छ ।” त्यो बोल्ने साहु कान्छै हो भनेर ठम्याउन उसलाई बेर लागेन । “छातीमा रौं भको मर्द होस् भने सोचविचार गर् । म के भन्छु र ?”

फूलमायाको मन ढक्क फुल्यो ।

निस्पट्ट रात पर्‍यो । छाप्रो अगाडिको बेन्चमा चुपचाप बसेको गन्जे गुत्थ फुलेको थियो । आँपका झ्याम्म परेका पातका बिचबाट आकाशभरि चम्किला तारा देखिन्थे । आकाश सफा र नीलो थियो । तारामण्डल आकाशको कन्चन सुन्दरता देख्दा उसको मन खिस्रिक्क भयो । उसको मनको आकाश ढुस्स फुलेको थियो । अनि निस्सासिएको उसको छाती पट्ट फुट्ला जस्तो भएको थियो ।

“भात खान आइज... के घोरिन्छस् ?” चुल्हो नजिकै सुकेको थुरमा चाक टेकाएर बसेकी फूलमायाले गलाभित्र दवेको स्वरमा डाकी । उसको मन पनि निराशलाग्दा कल्पनामा बेगिएको थियो । समय कति चाँडो उड्छ र सुखका दिन कति छिट्टै सकिन्छन् ! उसको बिहे भएको पन्ध्र वर्ष भइसकेछ । गन्जेले गीत गाएर सवाल–जबाफमा जित्दा ऊ पोइल आएकी थिई । गन्जे त्यो बेला कति फरासिलो, प्यारो र कति जाती थियो ! लोग्नेले मायालु आँखाले उसलाई हेरेर ठट्टा गर्दा उसलाई कति आनन्द लाग्थ्यो । जीवनको त्यो उल्लास, त्यो मिठास, त्यो रङ्गिलोपन मरुन्जेल जिउँदो रहला भन्ने उसका सपना थिए । तर ती सपना सपनामै बिलाए । ती दुई भाले–पोथी एक्कै स्वरमा मायापिर्तीका गीत गाउँथे । गीतमा मस्त भएका बेला जोवनको विचित्रको न्यानोपन अनुभव गर्थे । अचाक्ली माया बढेपछि तँ तँ, म मको साइनो बस्यो । गाउँका अल्लारे ठिटाको बहकाउमा लागेर गन्जे मुगलान भासिएपछि जीवनको त्यो उल्लास, त्यो मिठास र त्यो न्यानोपन पनि मुगलान भासियो ।

गर्भे टुहुरो गन्जे पाँचै वर्षको उमेरदेखि आमाको मायाबाट ठगियो । काकाको दयामा हुर्किनुपरेकाले ऊ अंशबण्डामा ठगियो । अल्लारे बैंसको मनोकाङ्क्षा अनुसारको काम र माम नपाएकोले गाउँको रङ्गरउसबाट ऊ ठगियो । ठगिँदा–ठगिँदा हाड र मासुको टिठलाग्दो कङ्काल भयो । र उसको एक बारको जुनी त्यस्सै खौलामा जाक्कियो ।

फूलमाया बाहिर आई र लोग्नेको छेउमा थ्याच्च बसी ।

“फेरि मुटु दुख्यो ?” उसले लोग्नेको छाती छामी ।

“सिङ्गै जिन्दगी दुख्यो ।” औडाहा मिसिएको स्वरमा गन्जेले जवाफ दियो ।

“के भो ?” फूलमायाले पोइको पाखुरो सुम्सुम्याई ।

“के रे ?” मुन्टो फरक्क फर्काउँदै गन्जेले स्वास्नीलाई थर्काउन खोज्यो– “आफैँ बोक्सी आफैँ जैसी, तेरा फुँडी !”

“तँसँग बस्न भोग पुग्यो ।” असाध्यै विरक्तिएको स्वरमा उसले भन्यो ।

“फेरि बौलाइस् ?” फूलमायाको स्वरमा समभाव गुन्जियो ।

“कुरा सुन्दा–सुन्दा छाती चिरियो । कानका जाली टट्टाएर मलाई त मर्न मन लाग्यो ।”

“घोइरा !”

“जाँ गए पनि सिखिट्युरी, बेइजती र हुर्मत । तैँले मेरा नाकाँ गु लाइदिइस् ।”

“गु तैँले आफ्ना नाकाँ आफैँ लाइस् ।” फूलमायाले लत्रिनै नमान्ने स्वरमा भनी– “मैले तेरो नाक पखाल्न खोजेँ । तैँले मलाई उल्टो रण्डीको पगरी गुथाइस् ।”

“के रे ?” मुन्टो फरक्क फर्काउँदै गन्जेले स्वास्नीलाई थर्काउन खोज्यो– “आफैँ बोक्सी आफैँ जैसी, तेरा फुँडी !”

“तँ गाँड नफुला ।” फूलमायाको स्वरमा उत्तेजना थिएन । माया थियो ।

“तैँले छोरो पनि बिगारिस् ।” उसले कुरो बदल्यो– “हुल्याहाको नाइके निक्ल्यो रे त्यो । यस्ता गोज्याङ्ग्रा पनि संसारको चलन फेर्न तम्सिने । त्यस बाउपिराहाको कुरो के गर्नु खोइ ?” उसले नाक खुम्च्यायो– “गाउँका ठूलाबडासँग सेखी गर्ने रे त्यो गँड्यौलो । यसो अदपकाइदा, सिलसोभाउ र नरमपना त हुन्छ नि । तैँले मेरा घरको लछ्छिन सर्वनाश गरिस् ।”

“लछ्छिन ?” फूलमायाका नसामा क्रोधको रङ चढ्यो । “अझ लाज लाग्दैन ? तँसँग अर्कालाई पखेटा लाइिदने हुती पनि छैन । तेरो चित्तमा पखेटा लाएर आफैँ उड्न खोज्नेमाथि पिरेम पनि छैन । छोरो आफ्नै पखेटाले उड्न खोज्छ भने तँलाई केको डाह ? उड्ने चरी जतासुकै उडोस् न ।”

“त्यसले तँलाई समेत झ्यालखानाँ जाकेनछ भने मलाई गन्जे नभन्नू ।”

“तँ लाछी । आफ्नै कुबुद्धिले कन्तबिजोक हुँदा पनि तंैले चेतिनस् । अझ उल्टो मैलाई सताउँछस् ।”

कुरा सुन्दा पूmलमाया वाक्क–दिक्क भई । के उसले भोगेको जिन्दगानी कैदीको जिन्दगानीभन्दा गतिलो छ ? के उसले भोग्न बाँकी रहेको कष्ट, अपमान र थिचोमिचो कतै छ ?

“म झ्यालनानभन्दा फोहर नर्कमा छु । मलाई डर ?” फूलमाया फत्फताई ।

“म यो नर्कमा बस्दिनँ । बरु मगन्ते हुन्छु । यो गाल मलाई अचाक्ली भो ।”

“तँ नबोल् ।” फूलमायाले पोइको मुख थुन्न खोजी– “तँ मगन्ते नभए तँसँग अरु के बाँकी छ ? सारा घरबार ध्वस्त पार्ने तँ अनि मै अभागीसँग निहुँ खोज्ने ? जसले तेरो जिन्दगीको जहाज डुबायो, त्यसैको हाहामा लागेर तँ बौलाउने । तँ पानीमरुवा होस्, तँ यस संसारमा नोकर हुन पनि लायक छैनस् ।”

“वेश्ये !” फूलमायालाई मुन्ट्याउँदै गन्जे करायो– “तैले मलाई वेश्येको पोई बनाइस् ।”

“तँ लाछी । आफ्नै कुबुद्धिले कन्तबिजोक हुँदा पनि तंैले चेतिनस् । अझ उल्टो मैलाई सताउँछस् ।”

गुत्थ फुलेर लोग्ने स्वास्नी दुईतिर बसे ।

“बा !” नेप्टी बाबुका घुँडामा पासो लाग्दै झुन्डिई । उसले छोरीका गाला मुसार्‍यो ।

“म तँसँग छुट्टिने भएँ ।” पछुतो र वैरागको दहबाट उठेको स्वरमा गन्जेले भन्यो– “आजदेखि तँसँग मेरो छुट्टाराम भो ।”

“मयादया बेगरका पापका मूर्ति !” फूलमायाले सरापी– “तेरो हृदयमा पिरेम छैन भने तेरो घुर्कीले कोई डराउँदैन ।”

“बिएजतिका अगाडि पिरेम...,” उसका ओठ कामे । उसका नौनाडी गले । रिँगटा लागेर उसको ब्रह्माण्ड फन्फनी घुम्यो । अनि उसका आँखा आँसुले डम्म भरिए– “पापी संसारले मेरो पिरेम खलक्कै निल्यो !”

खोलाको डिलमा झ्याम्म परेको आँपको रुखमुनि चारकुने चौतारीको एक छेउमा गन्जे बसेको थियो । र अर्को छेउमा फूलमाया ।

“तँलाई स्वास्नी छोराछोरीको मया छैन । तँ माथ्लाघरे साहुका चुक्लीको कमारो भइस् ।”

अँध्यारो मुख लाएर शिर झकाउँदै गन्जे चुपचाप बसिरह्यो । उसको छातीमा पछुतो, घिन र लाजको पोखरी जमेको थियो ।

०००

खोलाको डिलमा झ्याम्म परेको आँपको रुखमुनि चारकुने चौतारीको एक छेउमा गन्जे बसेको थियो । र अर्को छेउमा फूलमाया । निस्पट्ट रातको वैरागलाग्दो एकलासेपनलाई खल्बल्याउँदै बाढी थामिएपछिको खोलो कतै रहमा खस्दै, कतै भिरालामा मुन्टिदै हतार–हतार बगिरहेको थियो । गन्जे र फूलमायाका मनमा पनि सायद त्यस्तै बेचैनी र औडाहाका खोला बगिरहेका थिए ।

“लाइटर छ ?” गन्जेले सोध्यो ।

“छ ।”

“चुरोट नि ?”

“ठुटो छ ।”

“सल्का न ।”

गन्जेले ओस्सिएको चुरोटको ठुटो चोसो पसार्दै र घाँटीका नसा फुलाउँदै तान्यो । धुवाँले फोक्सो भर्न नसक्दा उसको तलतल झन् बढ्यो । 

“सिङ्गो चुरोट छैन ?”

“साहु कान्छाकहाँ जा न, सिङ्गै पेटी छ ।”

“बोल्छेस् चोथाले ?”

“ठाडो घाँटी लाएपछि कहाँबाट आउँछ चुरोट ?”

“राम्रा मुखले छैन भन्दा जात जान्छ तेरो ?”

“भलो कुरो सुन्ने तेरा कान भए जिन्दगी अर्कै हुन्थ्यो ।”

“यता सुन् त ।” निकै बेर गुत्थ फुलेर बसेपछि गन्जेको वाक्य फुट्यो– “हामी माथि चोकमा सरुँ । स्याउले बजारको भोग पुगेजस्तो छ ।”

“चोकमा तेरो परमेश्वर बस्या छ र ?”

“याँ अचाक्ली बेएजती भो फुँडी ! मेरो कलेजो जल्यो ।”

“यो खिसिट्युरी खपेर यहीँ बस्न मन छ त तँलाई ?”

“भकारीमा धान र बाकसमा सुन नहुनेको कलेजो नजलेको ठाउँ कहाँ छ ?”

“तैपनि...,” गन्जेले एकछिन सोच्यो अनि गलामै बिलाउन आँटेजस्तो विरक्त स्वरमा भन्यो– “त्याँ बैरीका मान्छे खाने आँखा देख्नु पर्दैन । मुटु चिर्ने वचन सुन्नुपर्दैन । आउने¬–जानेको धुइरो चल्छ । त्यहाँ चियापानी राम्रो बिक्ला । हुन्छ ?”

“घर लुटेर साहु कान्छाले गाउँबाट बास उठ्ठा गर्‍यो । र स्याउले बजारको सरन परियो । फेरि त्यसैले यहाँ इज्जत लुट्यो भनेर अब चोक बजार सर्ने ? साहु कान्छाका प्रेतले बास नगर्‍या ठाउँ तैँले कतै देख्याछस् ? जहाँ गए पनि साहुको रिन, साहुनीको वचन, अनिकालको राँको र जिन्दगीको बिल्लीबाठ । जहाँ पनि उस्तै, जहाँ पनि उस्तै !”

“यो खिसिट्युरी खपेर यहीँ बस्न मन छ त तँलाई ?”

“जहाँ गए पनि कुरो उही हो । कि लर्ने कि मर्ने ।”

गन्जेले सुस्केरा हाल्यो ।

“तैँले मेरा सारा कुरा नाश गरिस्– झिटी, इज्जत, कुलधर्म सारा कुरा...,”

“मैले तेरो झिटी नाश गरें रे ?” फूलमायालाई रिसले रन्को छुट्यो– “तेरो झिटी मैले नाश गरें कि व्याधा साहु कान्छाले नाश गर्‍यो ?” डरलाग्दा आँखा उठाएर उसले सातो लिउँला झैं गरी पोइलाई पुलुक्क हेरी । “तैँले मेरो झिटी नाश गरिस्,” भनेर तँ छातीमा मुड्की ठोकेर कहिल्यै साहु कान्छालाई किन भन्न सक्दैनस् ? तेरा आँखा घुच्चुकमा छन् ? तँ संसारलाई उल्टो देख्छस् ?”

“अझ बोल्छेस् ?”

“किन नबोल्ने ?” उसले नाकका पोरा फुलाउँदै अचम्मसँग कुम हल्लाई । “अझ उल्टो मलाई इज्जत नाश गरिस् रे ? कसरी मुख लाग्या बोल्न ! इज्जतका मुखाँ बट्टा लाको तैँले हो । तेरो बेहोशीले, तेरो दुर्मतिले, तेरो पानीमरुवापनले...,”

“नचला भन्या थुचुनो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप