ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
सारांश
- ए स्टार नेपाल बास्केटबल लिग २०२६ को पाँचौँ संस्करण सेमिफाइनल चरणमा प्रवेश गरेको छ।
- पुरुषतर्फ स्यान्डहर्स्ट निक्स, ग्रीनफोर्ड नाइट्स, बलर्स स्ल्यामर्स र ह्याम्पशायर हुपर्सले सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
- सेमिफाइनल खेलहरू यही आइतबार, २१ जुनमा र फाइनल खेल ४ जुलाई २०२६ मा हुने तालिका छ।
लन्डन । बेलायतमा रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई समेटेर आयोजना भइरहेको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करण सेमिफाइनल चरणमा प्रवेश गरेको छ। नेपाल बास्केटबल लिग यूकेले वुमेन बलर्स क्लबको सहकार्यमा लन्डनको फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा आयोजना गरेको क्वार्टरफाइनल खेलहरू सम्पन्न भएसँगै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको हो।
गत १५ मार्च २०२६ देखि सुरु भएको यो प्रतियोगितालाई नेपाल बाहिर नेपाली समुदायद्वारा आयोजना गरिने सबैभन्दा ठूला बास्केटबल प्रतियोगिताहरूमध्ये एक मानिन्छ। यस प्रतियोगिताले यतिबेला बेलायतभरका बास्केटबल प्रेमीहरूको ध्यान विशेष रूपमा आकर्षित गरिरहेको छ। प्रतियोगिताअन्तर्गत गत आइतबार आयोजित क्वार्टरफाइनलका चार खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे।
पहिलो क्वार्टरफाइनल खेलमा स्यान्डहर्स्ट निक्सले नर्थोल्ट फ्ल्यामर्समाथि १०४–५२ को फराकिलो अन्तरले जित दर्ता गर्यो। यस्तै, ग्रीनफोर्ड नाइट्सले ग्रीनफोर्ड रोभर्सलाई ८५–७३ ले पराजित गर्दा बलर्स स्ल्यामर्सले डीबीएसमाथि ९६–९१ को निकै प्रतिस्पर्धात्मक जित निकाल्यो। अन्तिम क्वार्टरफाइनल खेलमा ह्याम्पशायर हुपर्सले कोलचेस्टर इलिटलाई ९१–५८ अङ्कले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो। यसपटक प्रतियोगिताको पुरुषतर्फ ११ र महिलातर्फ २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
क्वार्टरफाइनलमा विजयी भएका चार टोलीबीच यही आइतबार, २१ जुनमा फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमै सेमिफाइनल भिडन्त हुनेछ। पहिलो सेमिफाइनलमा स्यान्डहर्स्ट निक्स र ह्याम्पशायर हुपर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा ग्रीनफोर्ड नाइट्स र बलर्स स्ल्यामर्स आमनेसामने हुनेछन्। लिग संयोजक सार्थक गुरुङका अनुसार सेमिफाइनल खेलहरू प्रतियोगिताकै उच्चस्तरीय र कडा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। यस पाँचौँ संस्करणको भव्य फाइनल खेल आगामी ४ जुलाई २०२६ मा लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा हुने तालिका छ।
नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले खेलाडीहरूको निरन्तर उत्साह र दर्शकहरूको उल्लेखनीय समर्थनबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए। उनले प्रतियोगिताको मुख्य प्रायोजक ए स्टार मोर्टगेजेस तथा ए स्टार फाइनान्सियल सोलुसन्स यूकेसहित सम्पूर्ण सहयोगी संघसंस्थाहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान
-
पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो
-
आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण