देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
सारांश
- देशका विभिन्न जिल्लाहरूमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा परी ६ जनाको मृत्यु भएको छ।
- धनुषा, चितवन, नवलपरासी पश्चिम, रुकुम पश्चिम, बैतडी र उदयपुरमा भएका यी दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।
- सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । देशका विभिन्न जिल्लाहरूमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा परी ६ जनाको मृत्यु भएको छ। धनुषा, चितवन, नवलपरासी पश्चिम, रूकुम पश्चिम, बैतडी र उदयपुरमा भएका यी दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।
धनुषाको धनौजी गाउँपालिका–२ गोरदाहास्थित सडकमा गोरदाहाबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२–०२–००२ प ७७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४५ वर्षीया मन्जु देवी गुप्ता रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै, चितवनको रत्ननगर नगरपालिका–४ देबौलीस्थित सडकमा ना.४ त ५५९4 नम्बरको ट्याक्टर र ना.५२ प ५०३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा सोही ठाउँ बस्ने ५१ वर्षीय शान्त कुमार चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित सडकमा गुडिरहेको लु.प्र.०१–००१ ख ०६६५ नम्बरको बसलाई ना.५ ख १९०५ नम्बरको ट्रकले शनिबार बिहान ठक्कर दिँदा बसमा सवार नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–६ बस्ने ३० वर्षीया नेहा गुरूङको मृत्यु भएको छ। गम्भीर घाइते गुरुङको चिसापानी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य ३ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज भलुही रूपन्देही पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूकुम पश्चिमको आठविसकोट नगरपालिका–११ गत्तासैनास्थित सडकमा ग.१ त ५६१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका शसिराम परियारकी १८ महिनाकी छोरी एन्जिला परियारको मृत्यु भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि नेपालगञ्जमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, बैतडीको दशरथचन्द नगरपालिका–४ साईलेकस्थित सडकमा धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा बसमा सवार सोही नगरपालिका–६ बस्ने ३५ वर्षीय विरेन्द्र बहादुर चन्दको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १ जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलस्थित सडकमा महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा.२ ख ६४३८ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा महोत्तरी बर्दिबास नगरपालिका–२ बस्ने ६५ वर्षीय विमलेश दत्तको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बसमा सवार अन्य यात्रुमध्ये २ जनाको न्यूरो अस्पताल विराटनगरमा, २ जनाको प्राइम अस्पताल विराटनगरमा, २ जनाको शुभ स्वस्तिक अस्पताल बर्दिबास महोत्तरीमा र १ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण