रास्वपा महाधिवेशन
रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ, रवि–बालेन महाधिवेशन स्थल पुगेनन्
आइतबार, ०७ असार २०८३, १४ : ३८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन समारोह निर्धारित समयमा सुरु हुन ढिलाइ भएको छ।
- सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह महाधिवेशन स्थलमा हालसम्म पुगेका छैनन्।
- महामन्त्री कवीन्द्र बुर्लाकोटी, भुपदेव शाह लगायतका नेता र कार्यकर्ताहरु चर्को गर्मीका बीच महाधिवेशन स्थलमा उपस्थित भइसकेका छन्।
काठमाडौँ । रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन ।
चितवनस्थित उद्योग संघ परिसरमा रहेको महाधिवेशन स्थलमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह हालसम्म पुगेका छैनन् । तर, महामन्त्री कवीन्द्र बुर्लाकोटी, भुपदेव शाह लगायतका केही नेता भने महाधिवेशनस्थलमै छन् ।
चर्को गर्मीका बीच अन्य नेता कार्यकर्ता पनि महाधिवेशन स्थल पुगेका छन् । महाधिवेशनको शुभकामना दिनका लागि विभिन्न दलका नेता पनि चितवन पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता अझ स्पष्ट गर्नुपर्छ : वर्षमान पुन
-
इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा
-
रास्वपालाई वर्षमानको सुझाव– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस्
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
-
रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण