सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

रास्वपाको बन्दसत्र ढिलाइ भएपछि हलभित्र एसीमा आराम गर्दै प्रतिनिधि (तस्बिरहरू)

सोमबार, ०८ असार २०८३, १४ : २२
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र प्रतिनिधिहरूको नामावलीमा त्रुटि सच्याउनुपर्दा निर्धारित समयमा सुरु हुन सकेको छैन।
  • बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा प्रतिनिधिहरू चर्को गर्मीका कारण हलभित्र सुस्ताएर बसिरहेका छन्।
  • निर्वाचन समितिले सार्वजनिक गरेको करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावलीमा त्रुटि भेटिएपछि त्यसलाई सच्याउने र रुजु गर्ने काम जारी छ।

चितवन।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिन बिहान ८ः३० बजे सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन। 

महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम नसकिँदा बन्दसत्र दिउँसो सवा २ बजेसम्म सुरु हुन नसकेको हो ।

बन्दसत्र सुरु हुन नसकेपछि प्रदर्शनी हलभित्र पार्टीका पदाधिकारी तथा प्रतिनिधिहरू प्रतीक्षामा देखिएका छन् । चर्को गर्मीका कारण हलभित्र अहिले प्रतिनिधिहरू सुस्ताएर बसिरहेका छन् । 

निर्वाचन समितिले सार्वजनिक गरेको करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावलीमा त्रुटि भेटिएपछि त्यसलाई सच्याउने र रुजु गर्ने काम जारी रहेकाले कार्यक्रम प्रभावित भएको नेताहरूले बताएका छन्।

RSP mahadhibeshan (1)RSP mahadhibeshan (2)RSP mahadhibeshan (3)RSP mahadhibeshan (4)RSP mahadhibeshan (5)RSP mahadhibeshan (6)RSP mahadhibeshan (7)RSP mahadhibeshan (8)RSP mahadhibeshan (9)RSP mahadhibeshan (10)RSP mahadhibeshan (11)RSP mahadhibeshan (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप