नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन जीवित नरहेको बताएका छन् ।
- उनले कम्युनिस्ट पार्टीकाे पुनर्गठन आवश्यक रहेको र यसका लागि वैज्ञानिक समाजवादी धाराको दृष्टिकोण, वैचारिक, आर्थिक, सामाजिक र न्यायको दृष्टिकोणले पुनर्गठन गर्नुपर्ने बताए ।
- शर्माले ७० प्रतिशत वामपन्थी, प्रगतिशील र देशभक्तहरूको जनमत अहिले विघटन भइसकेको र यसलाई पुनर्गठन गर्न नयाँ अभियानको आवश्यकता रहेको बताए ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन जीवित नरहेको बताएका छन् । साेमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ सम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट पार्टीकाे पुनर्गठन आवश्यक रहेको बताए ।
‘नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन । नेताहरू मात्र जीवित छन् । ७० प्रतिशत वामपन्थी, प्रगतिशील र देशभक्तहरूको जनमत थियो । अहिले विघटन भइसकेको छ । यसलाई पुनर्गठन गर्न नयाँ अभियानको आवश्यकता छ’, उनले भने, ‘कम्युनिस्ट पार्टीको नाम दिएर हामीले जे जे गर्यौँ त्यसको आजको अवस्था के छ भनेर हेर्यौँ भने नेपालको सन्दर्भमा आन्दोलन जीवित छैन । यसलाई पुनर्जीवन दिन पुनर्गठन आवश्यक छ ।’
यसका लागि वैज्ञानिक समाजवादी धाराको दृष्टिकोण, वैचारिक, आर्थिक, सामाजिक र न्यायको दृष्टिकोणले पुनर्गठन गर्नुपर्ने महत्त्वपूर्ण कुरा भएको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण