रोपाइँ गर्दै ‘हली’ युनिटले मनायो धान दिवस
सारांश
- आज असार १५ अर्थात धान दिवसको अवसरमा 'हली' फिल्मका कलाकार, निर्माता र संगीतकारको टिमले ललितपुरको सुनाकोठीमा रोपाइँ गरी दिवस मनाएको छ ।
- किसानकै कथामा आधारित यस फिल्मका सम्पूर्ण टिमले हिलोमा धान रोपिरहेका बेला 'असार १५ मानो छरेर मुरी उब्जाउने' भन्ने भनाइलाई सम्झना गरेको छ ।
- जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्काे सहकार्यमा निर्माण भएको यस फिल्मले समाज एवं देशमा परिवर्तन ल्याउन एक हली नै काफी हुन्छ भन्ने सन्देश प्रवाह गर्नेछ ।
काठमाडौँ । आज असार १५ अर्थात धान दिवस । देशभर विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइँदैछ । यसैबिच साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ले रोपाइँ गर्दै धान दिवस मनाएको छ ।
फिल्मका कलाकार, निर्माता तथा सङ्गीतकारको टिमले ललितपुरको सुनाकोठीमा रोपाइँ गर्दै धान दिवस मनाएको हो । रोपाइमा फिल्मका अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, सङ्गीतकार बाबुल गिरी, निर्माताद्वय य पूजा गुरुङ, जस्मिन श्रेष्ठ लगायत सहभागी थिए ।
किसानकै कथा भएकाले फिल्मका सम्पूर्ण टिमले असार १५ मा रोपाइँमा सहभागी भएको निर्माता पूजा र जस्मिनले बताए । हिलोमा धान रोपिरहेका दुवै जनाले असार १५ मानो छरेर मुरी उब्जाउने भन्ने कुरा याद आउने धारणा राखे।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्काे सहकार्यमा निर्माण भएको यस फिल्मको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको निर्माण पक्षको भनाइ छ। समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने निर्माण पक्षले जानकारी दिँदै आएका छन् ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ,कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक आफैले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।
फिल्मको गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियङ्का कार्की र पूजा शर्मालाई पनि देख्न सकिन्छ। फिल्ममा कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। यस फिल्मका अन्य गीतहरूको कोरियोग्राफी भने निर्देशक ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण