ट्राफिकले हटायो गृहमन्त्री र सचिवको गाडीको कालो सिसा
सारांश
- ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ चढ्ने गाडीको कालो सिसा हटाएको छ ।
- डीएसपी सुनिलजंग शाह सिंहदरबार पुगेर ट्राफिक प्रहरीको टोलीले कालो सिसाको स्टिकर हटाएको हो ।
- गृहमन्त्री गुरुङले आफ्नो गाडीको सिसा पनि हटाउन निर्देशन दिँदै कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन भनेका छन् ।
काठमाडौँ । ट्राफिक प्रहरीले गृहमन्त्री र गृह मन्त्रालयका सचिव चढ्ने गाडीको कालो सिसा हटाएको छ । गृहमन्त्री सुधन गुरुङ र सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो ।
कालो सिसाको स्टिकर हटाउन डीएसपी सुनिलजंग शाह सिंहदरबार पुगेका हुन् । ट्राफिक प्रहरीलाई बोलाएर कालो सिसा हटाउन लगाइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।

ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर आइतबार देखी हटाइरहेको छ । उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउने अभियान नै सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी (एसपी) नरेश सुवेदीले रातोपाटीलाई बताए ।
गृहमन्त्री गुरुङले सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर आफ्नो गाडीको सिसा पनि हटाउन भनेका थिए । उनले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण