पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
सारांश
- नेपाल पत्रकार महासङ्घ रुपन्देहीले उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट अमृत गिरीलाई नगद एक लाख रुपैयाँसहित पुरस्कृत गरेको छ ।
- त्यसैगरी, सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसीलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको छ ।
- पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै बुटवल उपमहानगरपालिकाको सहकार्यमा यो पुरस्कार वितरण गरिएको हो ।
बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीले ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ तथा सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट रुपन्देहीका ३ जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापित उक्त पुरस्कार सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो।
उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत भएका छन्। गिरीले नगद एक लाख रुपैयाँसहित सम्मान पत्र प्राप्त गरे। उनी हाल मेची काली दैनिकमा कार्यरत छन्।
त्यसैगरी, सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसी पुरस्कृत भएका छन्। उनीहरूले जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्राप्त गरे। पाण्डेय गोरखापत्र दैनिक र केसी बुटवल टुडे दैनिकमा कार्यरत छन्।
पुरस्कार वितरण समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रीदेवी अर्यालले पुरस्कृत पत्रकारहरूलाई सम्मान गरेका थिए।
महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेका अनुसार पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष नितु पण्डित, केन्द्रीय सदस्य रामराज पोखरेल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै निष्पक्ष, जिम्मेवार र व्यावसायिक पत्रकारिताको आवश्यकता औँल्याएका थिए।
कार्यक्रमको सञ्चालन महासङ्घ रुपन्देहीका सचिव सीपी खनालले गरेका थिए। समारोहमा सञ्चारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण