४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
काठमाडौँ । मंगलबार रातिदेखि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कार्यरत सचिव प्रमिलादेवी शाक्य बज्राचार्य अनिवार्य अवकाशमा गएसँगै सचिवको दरबन्दी रहने ४ निकाय सचिवविहीन बनेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीका अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र न्याय परिषद्को सचिवालयमा सचिव छैनन् ।
यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ६ सचिवलाई जिम्मेवारीविहीन बनाएर अतिरिक्त समूह (जगेडा)मा राखिएको छ । उनीहरूलाई गत जेठ २२ गतेको मन्त्रिपरिषद्को बैठकबाट जगेडामा राखिएको हो । रिक्त ४ निकायमध्ये केही निकाय त्यो समय अगाडिबाट रिक्त छन् ।
प्रधानमन्त्री कार्यालयको वेबसाइटका अनुसार सचिवहरू डा. गोविन्द शर्मा, डा. डिल्लीराम शर्मा, लोकनाथ पौड्याल, डा. कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा छन् ।
यी मध्य सचिव घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेपछि निलम्बनमा छन् । बाँकीलाई जिम्मेवारी नदिएर निलम्बनमा राखिएको हो ।
पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाले सचिव घिमिरे निलम्बनमा परेका हुन् ।
आयोगले पर्यटन मन्त्रालयमा सहसचिवका रूपमा काम गर्ने बेलामा घिमिरे कर छुटसम्बन्धी अनियमिततामा संलग्न भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण