राष्ट्रियसभा बैठक
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
बुधबार, १७ असार २०८३, १६ : १५
सारांश
- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
- अध्यक्ष दाहालले संघ सरकारका मन्त्रीहरूलाई राष्ट्रियसभाको बैठकमा आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशीक सरोकार समयमा उठाएका विषयको जवाफ दिन निर्देशन दिएका हुन् ।
- यसअघि सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै नेपाली कांग्रेस र नेकपाले आपत्ति जनाएका थिए ।
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाले राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा अध्यक्ष दाहालले संघ सरकारका मन्त्रीहरूलाई त्यस्तो निर्देश गरेका हुन् ।
‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशीक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु,’ अध्यक्ष दाहालले बैठकमा निर्देश गर्दै भने ।
त्यसअघि आजकै बैठकमा सांसदहरूले शून्य समयमा उठाएका जनताका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण