उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु
बुधबार, १७ असार २०८३, १४ : १८
सारांश
- उत्तरी ग्रिसको जंगलमा लागेको भीषण डढेलोमा परेर एक घर जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ ।
- मंगलबार दिउँसो झाडी क्षेत्रमा सुरु भएको आगो तीव्र हावाका कारण फैलिएर बस्तीसम्म पुगेको थियो ।
- आगो निभाउने क्रममा घरबाहिर एक पुरुषको शव र घरभित्र अर्को व्यक्तिको शव फेला परेको छ भने एक महिला घाइते भएकी छिन् ।
एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते भएकी छिन् ।
अग्नि नियन्त्रण निकायका अनुसार मंगलबार दिउँसो झाडी क्षेत्रमा सुरु भएको आगो तीव्र हावाका कारण छिट्टै फैलिएको थियो । त्यसपछि आगो थेसालोनिकी सहरबाट करिब २५ किलोमिटर टाढा रहेको लिटी गाउँ नजिकको वन क्षेत्रमा रहेको बस्तीसम्म पुगेको थियो ।
अग्नि नियन्त्रकहरूले आगो निभाउने क्रममा घरबाहिर एक पुरुषको शव फेला पारेका थिए । त्यसपछि जलेर ध्वस्त भएको घरभित्र अर्को व्यक्तिको शव भेटियो । सोही क्षेत्रबाट शरीरमा पोलेका घाउ भएकी एक महिलाको उद्धार गरिएको छ ।
आगो तीव्र रूपमा फैलिन थालेपछि स्थानीय प्रशासनले बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो । उनीहरूलाई नजिकैको खेल मैदानमा सारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
-
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण