अमेरिकी वर्चस्वको उदय र पतन
अमेरिका बीसौँ शताब्दीको विजेता थियो । सन् १९९१ मा सोभियत संघको पतन भएसँगै अमेरिकाले अतुलनीय आर्थिक र राजनीतिक शक्ति मात्रै हासिल गरेन, संवैधानिक सरकार तथा स्वतन्त्रताजस्ता सबैले प्रशंसा गरेका मूल्यहरू पनि बोक्यो । तर त्यो सधैँ कायम रहेन ।
अमेरिकाको दिग्विजय र असफलताको कथा बुझ्न हामी कम्तीमा १९औँ शताब्दीसम्म पुग्नुपर्ने हुन्छ । १९औँ शताब्दीको मध्यतिर युरोपेली साम्राज्यहरू अझ खासगरी ठूलो साम्राज्य र वाष्प इन्जिनको शक्तिसहितको बेलायतले धर्तीमा शासन गर्थ्यो । सन् १९१४ सम्म आइपुग्दा 'दोस्रो औद्योगिक क्रान्ति' सम्पन्न भयो । त्यसको अगुवाइ अमेरिकाले गरेको थियो । विभिन्न खाले रसायनहरू, विद्युत्, टेलिफोन, औषधि, 'इन्टरनल कम्बुसन इन्जिन' तथा त्यसबाट हुने उडान र रेडियोजस्ता क्षेत्रमा अगाडि लाग्यो । फलस्वरूप ठूला परिवर्तनहरू देखिन थाले । वैश्वीकरण (ग्लोबलाइजेसन) को युग पनि त्यसैको एउटा हिस्सा हो ।
शक्ति सन्तुलनमा पनि फेरबदल आयो । युरोपमा साम्राज्यवाला जर्मनीको उदय सबैभन्दा ठूलो घटना थियो । त्यस्तै अर्को घटना जापानको उदय थियो । यी सबैभन्दा ठूलो भने अमेरिकाकै उदय थियो । सन् १९१४ सम्ममा अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनिसकेको थियो । त्यसबेलाको युरोपमा उदाउँदो जर्मनी तथा स्थापित बेलायत एवम् फ्रान्स र अर्को साम्राज्य रुसबीच को प्रभावशाली हुने भन्नेमा संघर्ष थियो । तर खासमा केन्द्रीय प्रश्न त्यो थिएन । बरु अमेरिका कहिले वर्चस्वशाली शक्ति बन्छ भन्ने चाहिँ केन्द्रीय प्रश्न थियो । तर त्यसबेलाको जर्मनी, बेलायत, फ्रान्स र रुसलाई भने त्यस्तो लाग्दैनथ्यो ।
पहिलो विश्वयुद्ध समाप्त हुने बेलासम्म अमेरिका युरोपको पनि भाग्यविधाता बनिसकेको थियो । दुर्भाग्यवश नै भन्नुपर्छ अमेरिकाले यस्तो शान्तिको समर्थन गर्यो जसलाई खासमा लागू गराउनै सजिलो थिएन । यस्तो शान्ति प्रस्तावबाट विभिन्न शक्तिहरूको बहिर्गमन, धेरै देशहरूमा चलेका आन्तरिक राजनीतिक विग्रह र उथलपुथलहरू, सन् १९२० को दशकको मूल्यवृद्धि तथा व्यापक बेरोजगारीले अन्ततः संसारलाई नै दोस्रो विश्वयुद्धमा धकेल्यो ।
अमेरिकाले फासीवाद र साम्यवादको सर्वसत्तावादी अवधारणामाथिको जित तथा आफ्ना भूराजनीतिक प्रतिद्वन्द्वीहरू जर्मनी, जापान, बेलायती साम्राज्य एवम् सोभियत संघको पराजयलाई 'एकल ध्रुवीय अवस्था' भन्यो ।
दोस्रो विश्वयुद्धको समय अलि फरक थियो । १९औँ शताब्दीकै विचारधारात्मक प्रभाव तथा रुसी साम्राज्यको विनाशको जगमा बनेको सोभियत साम्यवादसँगको प्रतिस्पर्धाको समेत कारण अमेरिका युद्धमा संलग्न मात्रै भएन, युद्धलगत्तै शीतयुद्ध समेत सुरु भयो । यो युद्धमा युरोप विभाजित थियो । युरोपको पश्चिमी हिस्सा अमेरिकामा निर्भर हुन पुग्यो । युरोपका साम्राज्यहरू बाँकी रहेनन् । साथै सामाजिक लोकतन्त्रमा सहमति बन्न पुग्यो । अनियन्त्रित खुला बजारको अवधारणा खारेज भयो । व्यवस्थित (केही हदसम्म नियन्त्रित) पुँजीवाद नयाँ व्यवस्थाको रूपमा आयो । सन् १९८० को दशकमा आएको 'नवउदारवादी' क्रान्तिका बाबजुद त्यो व्यवस्था कायमै रह्यो । व्यवस्थित गर्ने शैलीमा मात्रै केही हदसम्म परिवर्तन गरिएको थियो ।
सन् १९८९ र १९९१ को बीचमा सोभियत संघ तथा उसको साम्राज्य पूर्णतः विघटित भए । अमेरिकाले फासीवाद र साम्यवादको सर्वसत्तावादी अवधारणामाथिको जित तथा आफ्ना भूराजनीतिक प्रतिद्वन्द्वीहरू जर्मनी, जापान, बेलायती साम्राज्य एवम् सोभियत संघको पराजयलाई 'एकल ध्रुवीय अवस्था' भन्यो । अहिले इतिहास यो सबै देख्दा हाँस्छ । दिग्विजयको ३५ वर्षभित्रै अमेरिकाले लिएको स्थायित्वकारक वर्चस्वशाली शक्तिको भूमिका हराएर गएको छ । अमेरिकाको हालत सन् १८९० ताकाको बेलायतजस्तै छ । यी सबै परिवर्तनहरूले व्यवस्थालाई भद्रगोलमा तथा जितलाई हारमा रूपान्तरण गरिरहेका छन् । यो सबै प्रक्रिया आर्थिक, प्राविधिक तथा राजनीतिक क्षेत्रमा एकैसाथ भइरहेको छ ।
यी सबैमा सबैभन्दा महत्त्वपूर्ण चीनको उदय, डिजिटल क्रान्ति तथा दक्षिणपन्थी लोकप्रियतावादको विजय रहेका छन् ।
सन् १९७० को दशकमा चीनलाई रुससँगको गठबन्धनबाट छुट्याइएको थियो । लगत्तै देङ सियाओपिङले 'सुधार र खुलापन' को बाटो रोजे । अर्को महाशक्ति उदायो । अमेरिकाले यो शताब्दीमा पहिलो पटक हाराहारीको प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भयो । १९औँ तथा २०औँ शताब्दीमा जस्तै यो शताब्दीको सुरुवातमा पनि उदारवादी युगको नेतृत्व अमेरिकाले गर्यो । जसअन्तर्गत अत्याधुनिक सूचना प्रविधि तथा सञ्चारको बलमा दोस्रो वैश्वीकरणको प्रक्रिया चल्यो ।
कानुनको शासन, विश्वको अगुवाइ गर्ने विज्ञान, विश्वासिलो गठबन्धन तथा आर्थिक एवम् राजनीतिक स्थायित्वप्रतिको आत्मविश्वास खत्तम पार्दैछन् ।
अर्को असाधारण घटनाको रूपमा वित्तीय संकटहरू एवम् ठूलो संख्याको आम बसाइँसराइ पर्छन् । पहिलो विश्वयुद्ध अघिको जस्तै ठूला सामाजिक तथा राजनीतिक परिवर्तनहरू भएका छन् । जसलाई आंशिक रूपमा राजनीतिक संघर्षहरूले सुरु गरेका छन् र अझै गर्दैछन् । १९औँ शताब्दीमा भएका धेरैजसो परिवर्तनहरू वर्ग र राष्ट्रको मागमा आधारित हुन्थे । अहिले भने लिङ्ग, जाति तथा पहिचानका मागले ज्यादा हुने गरेका छन् । पहिलेको अवस्थामा जस्तै अहिले पनि परम्परावादी तथा राष्ट्रवादी प्रतिक्रान्ति उठेको देख्न सकिन्छ ।
अहिले अमेरिका आफ्नो स्थापनाको २ सय ५० औँ वर्षगाँठ मनाउने संघारमा छ । यसबेला अमेरिका र उसले सिर्जना गरेको विश्व व्यवस्था दुवै संकटमा छन् । अमेरिकामा प्रशासन भ्रष्ट र नालायक मात्रै छैन, अमेरिकी राज्यका संस्थापकहरूले लिएका मूल्य र मान्यताहरूप्रति समेत आक्रामक छ । अमेरिकी स्वतन्त्रताको घोषणापत्र (डिक्लेरेसन अफ इन्डिपेन्डेन्स) ले तानाशाहहरूबाट मुक्तिको घोषणा गरेको थियो । तर अहिले डोनाल्ड ट्रम्प आफैँलाई तानाशाह बन्नुपरेको छ । त्योभन्दा पनि खराब त ट्रम्प अहिले शक्तिलाई लगाम लगाउने सबै प्रणालीहरू ध्वस्त पार्न उद्यत छन् ।
कानुनको शासन, विश्वको अगुवाइ गर्ने विज्ञान, विश्वासिलो गठबन्धन तथा आर्थिक एवम् राजनीतिक स्थायित्वप्रतिको आत्मविश्वास खत्तम पार्दैछन् । कानुनको आधारमा चल्नुपर्ने सरकार आदेश र सनकको भरमा चलाउन खोज्दैछन् । दुई दशकयता लोकतन्त्र अप्ठेरोमा परेको छ । 'भी-डेम' नामक संस्थाले गरेको अध्ययनअनुसार विश्वको केवल ७ प्रतिशत जनसंख्या मात्रै उदार लोकतान्त्रिक शासनअन्तर्गत रहेको छ । पक्कै सी जिनपिङ मुस्कुराउँदै होलान् । आजको समयले सन् १९१४ भन्दा अगाडिका केही वर्षहरूको झल्को दिँदैछ । यसको अन्त्य कसरी होला भन्ने प्रश्न छ ।
३५ वर्षअघि सोभियत संघको विघटन हुँदै गर्दा हामीजस्ता धेरैले आशा गरेजस्तो तथा मूलतः अमेरिकाले नै सिर्जना गरेको संसार अहिले हराउँदै गएको छ ।
तमाम नकारात्मक खबरका बीच राम्रा खबरहरू पनि छन् । आणविक हतियारहरूले गर्दा महाशक्तिहरूबीचको युद्धको जोखिम भने ठूलो मात्रामा घटेको छ । अहिलेका कुनै पनि प्रमुख शक्तिराष्ट्रहरू २०औँ शताब्दीको सैन्यवादबाट ग्रसित छैनन् । अझ सन् १९३० र ४० को दशकजस्तो अन्धाधुन्ध सैन्यवाद देखिएको छैन । अर्को राम्रो खबर, आजका सरकारहरू मूल रूपमा आफ्ना जनताको समृद्धिमै केन्द्रित भएजस्तो देखिन्छ । दोस्रो विश्वयुद्धपछि देखिएको अभूतपूर्व आर्थिक वृद्धिले सर्वत्र समृद्धिको मागलाई प्रेरित गरेको थियो, जुन अद्यापि जारी छ ।
यी सबै सन्दर्भमा दुःखद खबर पनि छ । आजको समयमा हामी यस्ता चुनौतीको सामना गर्दैछौँ जसको समाधान हामी सबै मिलेर मात्रै गर्न सक्छौँ । वैश्विक पर्यावरण त्यसकै एउटा उदाहरण हो । खासगरी एआईलगायत परिवर्तनकारी नयाँ प्रविधिको प्रभावको व्यवस्थापन अर्को उदाहरण हो । कम्तीमा पनि फेरि हामी एउटा गम्भीर प्रश्नको सामुन्नेमा आइपुगेका छौँः स्वेच्छाचारी शासन नै अबको दिनमा स्थापित वैश्विक मान्यता बन्छ वा स्वतन्त्रता र लोकतन्त्र नै अझै हाबी हुन्छन् ?
३५ वर्षअघि सोभियत संघको विघटन हुँदै गर्दा हामीजस्ता धेरैले आशा गरेजस्तो तथा मूलतः अमेरिकाले नै सिर्जना गरेको संसार अहिले हराउँदै गएको छ । अमेरिका आफ्नै हालत पनि अहिलेलाई त्यस्तै हुँदै गएको छ । निश्चय पनि हामी इतिहासबाट सिक्छौँ । तर फेरि दुःखको कुरा, हाम्रो बिर्सिने बानी पनि उत्तिकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण