संसद् बैठक
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
बिहीबार, १८ असार २०८३, १७ : ०६
सारांश
- सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
- विधेयकमाथिको दफावार छलफलपछि सांसदहरूले उठाएका प्रश्न र संशोधनहरूका जवाफ मन्त्री प्रतिभा रावलले दिएकी थिइन् ।
- यो विधेयक राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो ।
काठमाडौँ । सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे ।
बैठकमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र संशोधनहरूका जवाफ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले दिएकी थिइन् ।
यो राष्टिय स्वतन्त्र पार्टीको एकल बहुमतको वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण