शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

स्पेनले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्

शुक्रबार, १९ असार २०८३, ०१ : २२
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत स्पेन र अस्ट्रियाबीच भइरहेको 'राउन्ड अफ ३२' को खेलमा रेफ्रीले एक विवादास्पद निर्णय लिएका छन् ।  

 खेलको २९ औं मिनेटमा स्पेनका डिफेन्डर मार्क कुकुरेलाले गरेको गोललाई रेफ्रीले मान्यता नदिएका हुन् ।

खेलको २९ औं मिनेटमा स्पेनले कर्नर पाएको थियो। कर्नरबाट आएको बललाई सदुपयोग गर्दै मार्क कुकुरेलाले नजिकैको दुरीबाट बललाई जाली चुमाएका थिए। 

स्पेनिस खेलाडी र समर्थकहरू खुसी मनाउनै लाग्दा रेफ्रीले सिट्टी बजाउँदै उक्त गोललाई रद्द गरिदिए। अस्ट्रियाका गोलरक्षक अलेक्जेन्डर श्लागरमाथि स्पेनिस खेलाडीले फल  गरेको भन्दै रेफ्रीले उक्त निर्णय लिएका हुन्।

पूर्व इंग्लिस स्ट्राइकर डियन डब्लिनले भने, 'यो निर्णय पूर्णतया हास्यास्पद छ। यो एक वैध गोल थियो। गोलरक्षक अलि बलियो हुनुपर्थ्यो। विपक्षी खेलाडीलाई त्यहाँ उफ्रिने र बलका लागि प्रतिस्पर्धा गर्ने अधिकार हुन्छ।'

त्यस्तै, बीबीसी वानका कमेन्टर एवं पूर्व मिडफिल्डर ड्यानी मर्फीले पनि उक्त गोल रद्द गरिनु गलत भएको बताए । 
गोल रद्द भए पनि खेलमा स्पेनको दबाब कायमै छ। खेलको पाँचौँ मिनेटपछि स्पेनले ८३ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको छ। अस्ट्रियाले स्पेनको लगातारको आक्रमणलाई रोक्न निकै संघर्ष गरिरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?